२ जेठ, काठमाडौं । बागलुङ्को गलकोटमा नगरपालिकामा १२० जनाको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन सुरु गरिने भएको छ ।

गलकोटका विभिन्न स्थानमा काम गर्ने वीरगञ्जका १४ जना मजदुरमा कोरोना पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका १२० जनाको पहिचान गरी परीक्षण गर्न लागिएको हो ।

नगरपालिकाको वडानम्बर ५, ३, ६, ७ र ९ का स्थानीयको स्वाब संकलन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए ।

शुक्रबार र शनिबार स्वाब संकलन गरी प्रादेशिक स्वास्थ्य निर्देशनालय कास्की पठाइने छ ।

कोरोना पुष्टि भएका पर्साका मजदुरहरु गलकोटको हरिचौरमा निर्मानाधीन अस्पताल, ग्योजहरु, फर्निचर उद्योग, हेयर कटिङमा काम गर्थे । उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गरी निगरानीमा राखिएको छ ।

गलकोटका विभिन्न ठाउँमा काम गर्ने मजदुरमा कोरोना पुष्टि भएपछि हाल एक साताका लागि नगरपालिका सिल गरिएको छ ।



from कोरोना भाइरस – Online Khabar https://ift.tt/3cCjWDo
Previous Post Next Post