९ जेठ, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसको कारण मृत्यु हुनुको संख्या २० हजार ४७ पुगेको छ।

दक्षिण अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा प्रभावित यो मुलुकमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण एक हजार १८८ जनाको मृत्यु भएको छ । यो संख्या कोरोना भाइरसबाट ब्राजिलमा एकैदिन मृत्यु हुनेको अहिलेसम्मकै ठूलो हो ।

विश्वको तेस्रो सबैभन्दा प्रभावित मुलुक ब्राजिलमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि तीन लाख १० हजार नाघेको छ । विशेषज्ञहरूले भने वास्तविकतामा यो संख्या अझै धेरै भएको हुन सक्ने बताउँदै आएका छन् ।

कोरोना भाइरस नियन्त्रणमा सरकारले सही कदम चाल्न नसकेको कारण यस अवस्था यति धेरै भयावह बन्न पुगेको भन्दै ब्राजिलमा राष्ट्रपति जेयर बोल्सोनारोको आलोचना पनि भइरहेको छ ।

स्रोत : अलजजीरा



from कोरोना भाइरस – Online Khabar
Previous Post Next Post