काठमाडौं । विश्वभर कोरोना संक्रमणको महामारीका कारण जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । कोरोना संक्रमणबाट संक्रमित हुने र मर्नेको संख्या दिन प्रतिदिन बढेको बढ्यै छ । यसको रोकथाम तथा नियन्त्रणका लागि विश्वका धेरै मुलुक लकडाउनमा छ । केही मुलुकमा लकडाउनलाई खुकुलो पनि पारिँदै लगेको छ । तर पनि संक्रमण बढ्ने क्रम रोकिएको छैन । यस्तो संकटपूर्ण अवस्थामा पनि मानिसले सावधानी अपनाएर होस् या नअपनाएर विभिन्न गतिविधि गरिनै रहेका छन् ।

बिहानीको समयमा जगिंग गर्ने, गीत गाउने, कराउने, सामाजिक दूरी कायम गरेर व्यवसाय सञ्चालन गर्ने, भेला आयोजना गर्ने आदि आदि कार्य कहीँ कतै भई नै रहेका छन् ।

यसरी जगिंग गर्ने, गीत गाउनेहरुसँगबाट पनि संक्रमित हुन्छ कि भन्ने त्रासमा तपाईं हुनुहुन्छ ? बस चढ्न लाइनमा उभिरहेको बेलामा कसैले हाच्छिउ गर्दा आफूलाई कतिको खतरा महसुस गर्नुहुन्छ ? यस्तो समयमा रेस्टुरेन्ट जानु कतिको उपयुक्त हुन्छ ? यस्तो बेलामा सार्वजनिक यातायात प्रयोग गर्नु उचित छ कि छैन ?

पछिल्लो समय विश्वभर विस्तारै लकडाउन खुकुलो पारिँदैछ । जसका कारण आर्थिक गतिविधिहरू पनि सुरू हुन थालेको छ । यस्तो गतिविधिले कोरोना भाइरसबाट संक्रमित हुने र फैलिने खतरा बढेको छ ।

यसबाट कोरोना संक्रमणको दोस्रो लहर फैलने खतरा बढ्दै गएको विज्ञहरु बताउँछन् ।

इम्युनालोजिस्टि तथा जीव विज्ञानका सहयोगी प्रोफेसर एरिन ब्रामेजले अमेरिकाको म्यासाचुसेट्स विश्वविद्यालयमा संक्रामक रोगका बारेमा अध्यापन गराउँदछन् । उनले कोरोना महामारीका बारेमा पनि गहिरो निगरानी गरिरहेका छन् ।

उनले कोरोना भाइरसले निम्त्याउने खतराबारे एक ब्लग लेखेका छन् । सो ब्लग करिब १.६ करोड पटक पढिएको छ । सामान्य जीवनमा फर्किएपछि कसरी आफूलाई सुरक्षित राख्ने भनेर ब्लगमा उनले सुझाव दिएका छन् ।

मानिसहरु कहाँ बिरामी पर्छन् ? डा. ब्रोमेजका अनुसार अधिकांश मानिस आफ्नै परिवारका कुनै एक सदस्यमार्फत संक्रमित हुन पुग्छन् ।

सुरक्षित कसरी रहने ?

घर बाहिर कसरी सुरक्षित रहने ? हामी कुनै पार्कमा दैनिक हिंड्डुल गर्दा पनि जोखिममा पर्न सक्छौं ? मास्क नलगाइ जगिंग गर्ने अपरिचित मानिसले पनि संक्रमन सार्न सक्दछ ?प्रोफेसर भन्छन्– सायद यस्तो हुन सक्दैन ।

‘जब तपाईं बाहिर जानुहुन्छ, श्वास छोड्ने क्रममा निस्किएको भाइरसलाई द्रुत रूपमा कमजोर पार्न सक्ने क्षमता खुला वातावरणमा हुन्छ,’ उनले भने, ‘भाइरसबाट संक्रमित हुन जति समय आवश्यक पर्छ, त्यतिन्जेलसम्म तपाईं खुला वातावरणमा रहनुहुन्न, किनकि भाइरस छिटो भन्दा छिटो निस्प्रभभावी हुन सक्छ ।’

उनले आफ्नो ब्ल्गमा लेखेका छन्, ‘संक्रमित हुनका लागि तपाईंलाई भाइरसको संक्रामक डोज सम्पर्कमा आउनुपर्ने हुन्छ । मर्स र सार्सको संक्रामक डोजको अध्ययनको आधारमा, यो संक्रमण कम्तिमा पनि बाँच्नको लागि कम्तिमा पनि १००० सार्स–कोभ २ भाइरल कणहरूको आवाश्यक पर्दछ ।’

यो आंकडा बहसको विषय हो र प्रयोगहरू मार्फत पुष्टि हुन आवश्यक छ । तर यसले महत्वपूर्ण सन्दर्भ भने अवश्य दिन्छ । यसले संक्रमण कसरी हुन सक्छ भनेर व्यख्या गर्दछ । यसको मतलब यदि छोटो अवधिको लागि संक्रमित व्यक्तिहरूको सम्पर्कमा हामी आयौं । जस्तै उदाहरणका लागि जगिंग गर्ने मानिस अनजानमै तपाईंको नजिकैबाट गएको छ भने तपाईंलाई संक्रमण निम्त्याउने डोज प्राप्त गर्न गाह्रो हुन्छ ।

कुन परिस्थितिमा हामी बढी चिन्तित हुनु आवश्यक छ ?

जो मानिसहरुसँग लक्षणहरू देखिएका छन् । उनीहरूमा खोकी र हाच्छिउ जस्ता लक्षणहरु छन् भने त्यसले रोग सार्दछ । तर संक्रमण फैलाउन दर भने फरक फरक हुन्छ ।

एकपटक खोक्दा प्रति घण्टा ८० किलोमिटरको गतिमा लगभग ३००० थोपाहरू निस्कन्छन् ।

डा. ब्रोमेजका अनुसार धेरै जसो थोपा ठूला र भारी हुन्छन् । यसको मतलब तिनीहरू चाँडै सतहमा खस्छन् । तर केही थोपाहरु हावामा रहन्छन् र कोठामा पनि प्रवेश गर्न सक्दछन् ।

यदि तपाईं लिफ्टमा अड्किनु भएको छ र कुनै संक्रमितले खोक्नुको साटो हाच्छिउ गर्छ भने तपाईमा दश गुणा समस्या बढ्न जान्छ ।

हाच्छिउ गर्दा करिब ३०,००० थोपा बाहिर निस्कन्छ । यसरी निस्कने थोपा सानो हुन्छ र धेरै टाढासम्म पुग्दछ । जसको गति करिब ३२० किमी प्रतिघण्टा हुन्छ ।

उनले लेखेका छन्, ‘यदि कुनै व्यक्ति संक्रमित छ भने उसको खोकी वा हाच्छिउमा करिब २० करोडसम्म भाइरस कण हुन सक्छ ।’

यदि तपाईं आमने–सामने बसेर कसैसँग कुरा गर्दै हुनुहुन्छ । यस्तो अवस्थामा त्यो व्यक्तिले हाच्छिउ गर्‍यो भने वा खोक्न पुग्यो भने तपाईंसमक्ष आरामले करिब १,००० भाइरलका कणहरु पुग्छन् र तपाईं संक्रमित हुनेछ ।

लक्षणविना फैलने संक्रमण

लक्षण देख्न सुरु हुनुभन्दा पाँच दिनअघि नै मानिसहरू संक्रमित हुन सक्छन् । कसैमा भने लक्षण नदेखिन पनि सक्दछ । यहाँसम्म कि श्वास फेर्दा पनि हावामा भाइरसका कणहरु निस्कन पुग्दछन् । यस्ता कणहरु कति निस्कन्छन् होला त ?

डा. ब्रोमेजका अनुसार, ‘एक पटक श्वास फेर्दा करिब ५० देखि ५००० ड्रपहरू उत्सर्जन हुन्छन् । जसमा धेरैमात्रमा कम गतिका कणहरू हुन्छन् । जुन चाँडै सतहमा खस्छन् ।’ जब हामी नाकबाट श्वास फेर्छौं, थोरै ड्रपहरू पनि बाहिर निस्कन पुग्दछन् ।

जोडले श्वास बाहिर नफालेको अवस्था हो भने भाइरसका कणहरू श्वासप्रश्वासको क्रममा श्वास नलीबाट बाहिर आउन सक्दैन । कोरोना भाइरस विशेष गरेर श्वासनलीमा पाइने टिस्युमा बढी पाइन्छ ।

हामीलाई थाहा छैन श्वासमा सार्स–कोभि२ को कति वटा भाइरसका कणहरु बाहिर निस्कन्छ भनेर । तर डा. ब्रोमेजको एक अध्ययन अनुसार, ‘इन्फ्लूएन्जाबाट संक्रमित एक व्यक्तिको एक मिनेटको श्वासमा ३ देखि २० भाइरस आरएनए उत्सर्जन गर्दछ ।

डा. ब्रोमेजका अनुसार, बोल्दा हुने श्वासप्रश्वासबाट निस्कने भाइरसका कणहरु प्रतिमिनेट १० गुणा वृद्धि भई २०० पुग्दछन् ।

गाउँने र कराउने दुवै गर्दा हावामा कणका मात्रा धेरै वृद्धि हुन्छ । यसरी निस्कने कणहरु भाइरस बस्ने तन्तुबाट आउने भएकोले संक्रमण हुने सम्भावना बढी हन्छ । उनी भन्छन्, ‘यस्तो बेलामा कणहरु जोडले बाहिर आउँछन्, जुन कणहरु भाइरस रहेको तन्तुबाट बढी मात्रामा आएका हुन्छन् ।

कस्तो प्रकारको वातावरण विशेष जोखिमपूर्ण छ ?

जो मानिस सक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्छन उनीहरुमा संक्रमित हुने सम्भावना बढी हुन्छ ।

ब्रोमेजका अनुसार कार्यालय, खेलकुद र सामाजिक कार्य हुने स्थलहरू बढी जोखिमपूर्ण हुन्छन् । यस्ता कार्यक्रमहरुमा सहभागी हुँदा भाइरसबाट संक्रमण हुने खतरा रहन्छ । उनी भन्छन्, ‘यहाँसम्म कि कल सेन्टर जस्ता ठाउँहरूमा ५० फिटको दुरीमा मानिसहरु लामो समयसम्म बसेको अवस्थामा भाइरसको कम डोजले पनि संक्रमित गराउन सक्दछ ।’ जब हामी काममा फर्कन्छौं, विशेष गरी पेशामा संलग्न व्यक्तिहरुका लागि यो चिन्ताको विषय हो । कार्यालयहरूमा हावा आवागमनको राम्रो प्रणाली नहुन सक्दछ जसको कारण धेरै समस्या उत्पन्न बन्न सक्दछ ।

दन्त चिकित्सकहरूको सन्दर्भमा पनि त्यस्तै हो । दन्त चिकित्सकहरुसँग धेरै मानिसहरु हुँदैनन्, तर तिनीहरूमा बढी जोखिम छन् ।उनी भन्छन, ‘शिक्षण कार्यसँग सम्बन्धित व्यक्तिहरू पनि बढी जोखिममा छन् ।’

उनका अनुसार, “उमेरका शिक्षकहरू र प्राध्यापकहरूको साथ युवाहरू एकै कोठामा ठूलो संख्यामा हुन्छन् । यी ठाउँहरूलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने बारेमा धेरै विचार पुर्‍याउनु आवश्यक छ ।’

इन्डोर एण्ड आउटडोर

डा. ब्रोमेजका अनुसार खुल्ला वातावरणमा संक्रमणका कम केसहरू देखिएका छन् । हावा र ठाउँले भाइरसको लोडलाई कम गर्दछ । साथै, घाम, तातो र आर्द्रताले पनि भाइरसलाई लामो समयसम्म जीवित रहन दिँदैन ।

सामाजिक दूरी कायम गर्दा र पारस्परिक रुपमा हुन अन्तरक्रिया जस्ता कार्यक्रम नहुने हो भने जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ । तर खुल्ला ठाउँहरुमा गरिने कार्यक्रम बढी जोखिमपूर्ण हुन सक्दछ ।

मानिसको ठूलो भिड जम्मा गरी एक आपसमा कुरा गर्ने, गाउने वा कराउने जस्ता कार्यक्रममा संक्रमणको उच्च जोखिम हुन्छ । साथै, बन्द कोठाहरुमा हुने कार्यक्रममा सामाजिक दुरी कायम गर्न पनि सहज हुँदैन । त्यसैले बन्द कोठामा हुने कार्यक्रमले बढी जोखिम निम्त्याउन सक्दछ । सीमित हावा आवागमन र रिसाइक्लिङ हावाले पनि समस्या उत्पन्न गराउँदछ ।

यद्यपि किनमेल गर्दा भने कम जोखिमपूर्ण हुन्छ । किनभने त्यस समय अपेक्षाकृत रुपमा तपाईंले एक्लै समय बिताउनु हुन्छ ।

जोखिम निर्धारण

डा. ब्रोमेजका अनुसार कोरोनाका कारण भोग्नु परेको प्रतिबन्ध हट्दा भने हामीले जोखिमबाट बच्नका लागि हामीले आफ्ना गतिविधिलाई गम्भीरतापूर्वक मूल्यांकन गरेर सतर्कता अपनाउनु आवश्यक छ ।

बन्द स्थानहरूमा हावा आउजाउ कसरी भइरहेको त्यसलाई विचार गर्नुहोस् । त्यस्ता ठाउँमा एक पटकमा कति जना मानिस त्यहाँ उपस्थित हुन्छन् त्या पनि सोच्नुहोस् । र कति समय तपाईं त्यहाँ बिताउँदै हुनुहुन्छ ?

उनी भन्छन्, ‘यदि तपाई राम्रो हावामा राखिएको ठाउँमा थोरै मानिससँग बसिरहनु भएको छ भने तपाईंको लागि जोखिम कम हुन्छ । यदि तपाईं खुला फ्लोर प्लान अफिसमा हुनुहुन्छ भने (ठाउँको खुलापन, मानिस र हवाको आवागमन) गम्भीरता पूर्वक जोखिमको बारेमा सचेत हुनु जरुरी हुन्छ । यदि तपाईं मानिसहरुसँग आमने–सामने भएर कुरा गर्नुपर्ने, धेरै चिच्याउनु पर्ने पेशामा हुनुहुन्छ भने आफू कति जोखिममा छु भनेर आफैंले आंकलन गर्नु जरुरी छ ।

यदि तपाईं कम भीडभाडो सपिङमल, हावा राम्रोसँग चल्ने ठाउँमा कम समय बिताउनु भएको छ भने तपाईंलाई संक्रमित हुने सम्भावना कम हुन्छ ।

खुल्ला स्थानहरूमा संक्रमणको जोखिम कम हुन्छ किनभने संक्रामक कणहरू चाँडै हराउँछन् ।



from कोरोना भाइरस – Online Khabar
Previous Post Next Post