
कतारबाट आज १४९ जना नेपाली स्वदेश फर्कदैछन्। कोरोना भाइरसबाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थामा रहेका १४९ जना नेपाली नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप स्वदेश फर्कन लागेको नेपाली दूतावास कतारले जनाएको छ। दोहाबाट काठमाडौंका लागि नेपाल वायुसेवा निगमको RA २३९२ को उडानबाट उनीहरु स्वदेश आउन लागेका हुन्।
जसमा २९ जना सुत्केरी/गर्भवती सहित ८२ जना महिला, ३ जना नाबालक र ६४ जना पुरुषहरु छन्। उनीहरुलाई दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत र दूतावासका अन्य कर्मचारीहरूले बिदाई गरेका थिए।
from Nagarik News - Home