
कोरोना संक्रमित स्याङजाका अर्का एक पुरुषको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका स्याङजा सिरुवारीका ५५ वर्षीय पुरुषको बुधबार राति साढे ११ बजे मृत्यु भएको अस्पतालले बताएको छ ।
अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार तीन दिनअघि ती पुरुषलाई उपचारका लागि अस्पतालको आईसियुमा राखिएको थियो। निमोनिया र डायबिटिजले समेत ग्रसित भएका उनलाई थप उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो। तर उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालको भनाई छ। कोरोनाबाट गण्डकीमा हालसम्म दुईजनाले ज्यान गुमाएका छन्। ती दुवैजना स्याङजाका रहेका छन्।
from Nagarik News - Home