
स्थानीय बजारमा सुनको भाउ आइतबार प्रतितोला सात सयले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा परेको हो। आइतबार अन्तर्राष्ट्रिय बजारमा छापावाल सुन प्रतिऔंस १७४३.४७ डलरसम्म पुगेको थियो।
गत शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।
from Nagarik News - Home