आइतबार बिहान लेन्दी खोलामा आएको बाढीले तीनवटा सवारी साधन बगाएको छ। रसुवागढी नाका नजिकै निर्माण भइरहेको सुख्खा बन्दरगाह निर्माणका लागि प्रयोग गरिएको टिप्पर, जेसिबी र लोडर बगाएको हो। आइतबार बिहान ३ बजेतिर आएको बाढीले कामदार बस्ने घरको पछाडिको भाग समेत क्षति गरेपछि तत्कालै कामदारलाई सुरक्षित स्थानमा सारिएको थियो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २१, राजस्व भन्सार गस्ती सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाको नेतृत्वमा खटिएको ४५ सदस्यीय टोलीले ११ जना कामदारलाई तत्कालै सुरक्षित स्थानमा सारिएको थियो। साथै त्यहाँ रहेका अन्य ६ वटा सवारी साधनलाई पनि सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

बन्दरगाह निर्माणस्थलमा रहेका ३ वटा लोडर, २ वटा जेसिबी र एउटा मिक्चर सुरक्षित स्थानमा सारिएको हो। रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले पानी पर्ने क्रम नरोकिएकाले अर्लट रहन आग्रह गरिएको बताए। ‘अहिलेसम्म मानवीय क्षति भएको छैन’, प्रजिअ पन्तले भने, ‘सवारी साधनमा भने क्षति पु¥याएको छ।’



from Nagarik News - Home
Previous Post Next Post