एकै सिजन २० एसिस्ट गरेर कीर्तिमान बनाएका लियोनल मेसीको टोली बार्सिलोनाले शनिबार स्पेनिस ला लिगामा रियाल भालाडोलिडमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ।

भ्रमणकारी टोली बार्सिलोनाको जितमा अर्टुरो भिडालले निर्णायक गोल गरे। १५औं मिनेटको गोल निर्णायक बन्दा २००९ मा जाभी हर्नान्डेजले बनाएको सर्वाधिक एसिस्टको कीर्तिमान भंग गरेका हुन्। बार्सिलोनाको जितपछि आगामी सोमबार शीर्ष स्थानमा रहेको रियालको उपाधि उचाल्ने लक्ष्य पछि सरेको छ। एक खेल कम खेलेको रियाल बार्सिलोनाभन्दा एक अंकले अगाडि छ। शीर्ष स्थानको रियाललाई उपाधि उचाल्न पाँच अंकको आवश्यकता छ। त्यसका लागि रियालका तीन खेल बाँकी छन्। यही लयलाई रियालले निरन्तरता दिए ८ वर्षको अन्तरालमा रियालले तेस्रो पटक उपाधि उचाल्नेछ।

‘हामी अझै उपाधि लक्ष्यलाई लिएर अगाडि बढेका छौं,’ बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनले भने, ‘उपाधि लक्ष्य भने झीनै छ। किनभने चिरपरिचित रियालले जितलाई निरन्तरता दिइरहेको छ।’

निर्णायक गोलका लागि एसिस्ट गरेका मेसी २१औं शताब्दीमा युरोपका पाँच प्रतिष्ठित प्रतियोगितामा सर्वाधिक २० गोल र एसिस्ट गर्ने दोस्रो खेलाडी भएका छन्। यसअघि २००२/०३ को सिजनमा कीर्तिमान बनाएका थिए।

भ्रमणकारी टोली बार्सिलोनाको जितमा अर्टुरो भिडालले निर्णायक गोल गरे। १५औं मिनेटको गोल निर्णायक बन्दा लियोनल मेसीले २००९ मा जाभी हर्नान्डेजले बनाएको सर्वाधिक एसिस्टको कीर्तिमान भंग गरेका हुन्।

उपाधि लक्ष्य न्यून भइरहेको अवस्थामा बार्सिलोनाका प्रशिक्षक सेटियनको पद संकटमा छ। २०२१ सम्मका लागि सम्झौता गरेका सेटियनले एन्टोनियो ग्रिजम्यानलाई पहिलो रोजाइमा राखेका थिए। दोस्रो हाफमा लुई स्वारेजले ग्रिजम्यानलाई प्रतिस्थापित गरेका थिए।

‘सामान्य समस्या उनमा देखिएको थियो,’ सेटियनले थपे, ‘अवस्थालाई बुझेर मैले उनलाई दोस्रो हाफमा मैदान प्रवेश गराएको हुँ।’

लिगमा दुई खेल बाँकी रहेको बार्सिलोनाले ओसासुना र अल्भेससँग प्रतिस्पर्धा गर्न बाँकी छ। घरेलु मैदानमा हार बेहोरेको रियाल भालाडोलिड ३९ अंकका साथ तालिकाको १४औं स्थानमा छ।

लिगअन्तर्गत शनिबारै एट्लेटिको मड्रिडले रियाल बेटिसलाई १–०ले पराजित गर्दा अर्को खेलमा ओसासुनाले पाहुना टोली सेल्टा भिगोलाई २–१ हरायो। एट्लेटिको मड्रिड ६६ अंकका साथ तालिकाको तेस्रो स्थानमा अटाउँदा रियाल बेटिस ४१ अंकका साथ १३औं, ओसासुना ४८ अंकका सहित ११औं र सेल्टा भिगो ३६ अंकका साथ रेलिगेसन क्षेत्रभन्दा दुई स्थान माथि १६औं स्थानमा छ।



from Nagarik News - Home
Previous Post Next Post