नेपालस्थित पाकिस्तानी दूतावासले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई दुईवटा एम्बुलेन्स सहयोग गरेको छ। अस्पतालको ३८औं वार्षिकोत्सव अवसरमा बुधबार नेपालका लागि पाकिस्तानी राजदूत डा. मजर जाभेदले अस्पतालका कार्यकारी निर्देशक डा. रोहितकुमार पोखरेललाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा दूतावासका वरिष्ठ कूटनीतिक अधिकारी तथा अस्पतालका उच्च अधिकारीको सहभागीता रहेको थियो। अस्पतालका कार्यकारी निर्देशक डा. पोख्रेलले धन्यवाद व्यक्त गर्दै दूतावासको योगदानको प्रशंसा गरेका थिए। उनले दूतावासले विगतमा पनि अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको भन्दै आगामी दिनमा पनि यस किसिमको सहकार्य जारी रहने अपेक्षा व्यक्त गरे। उनले नेपाली चिकित्सकहरूलाई पोस्ट ग्र्याजुयसन सुविधाका लागि कलेज अफ फिजिसियन एन्ड सर्जन अफ पाकिस्तान (सिपिएसपी) को भूमिकाको पनि प्रशंसा गरेका थिए।

कार्यक्रममा राजदूत जाभेदले दुई मुलुकका स्वास्थ्य संस्थाबीच ठूलो सम्भावना विद्यमान रहेको बताए। उनले दुई देशका अस्पताल र स्वास्थ्य पूर्वाधारको स्तरको सराहना गर्दै यस किसिमको सहकार्य आगामी दिनमा बढ्दै जाने आशा व्यक्त गरे।



from Nagarik News - Home
Previous Post Next Post