बायाँहाते ब्याट्सम्यान खुसदिल शाह औंलाको चोटका कारण तीन साता टोलीबाट बाहिर रहने पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी)ले जनाएको छ।

इङ्ल्यान्डमा रहेको पाकिस्तानी टोलीका शाह एक भरपर्दा ब्याट्सम्यान हुन्। वेस्ट इन्डिजसँगको टेस्ट शृंखलापछि अगस्टमा हुने शृंखलाका लागि पाकिस्तानी टोली हाल इङ्ल्यान्डमा तयारी गरिरहेको छ।

‘खुसदिल तीन साताका लागि टोलीबाट बाहिर रहनेछन्। उनको बायाँ हातको बूढी औंलामा अभ्यास गर्ने क्रममा चोट लागेको छ,’ पिसिबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘नङमा समस्या देखिएको छ। तीन साताको आरामपछि उनी अभ्यासमा फर्किन सक्नेछन्।’

२५ वर्षे शाहले देशका लागि धेरै ट्वान्टी–२० प्रतियोगिता खेलेका छन् भने अझै एकदिवसीय र टेस्ट क्रिकेटमा डेब्यु गर्न बाँकी छ। इङ्ल्यान्ड भ्रमणमा रहेको पाकिस्तानी टोलीले अगस्टमा घरेलु टोलीसँग तीन टेस्ट र केही ट्वान्टी–२० खेल खेल्ने तालिका छ। पाकिस्तान र इङ्ल्यान्डबीच पहिलो टेस्ट म्यानचेस्टरमा अगस्ट ५ तारिखमा हुनेछ भने दुई टेस्ट साउथह्याम्पटनमा अगस्ट १३ र २१ बाट गर्ने तालिका छ। यस्तै तीन ट्वान्टी–२० खेल म्यानचेस्टरमा अगस्ट २८ , ३० र सेम्टेम्बर १ मा हुनेछन्।



from Nagarik News - Home
Previous Post Next Post