सिद्दार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवलको सडकको विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकका गौडेपुल, पौथेडाडा, सिद्धबाबा, नागमन्दिर लगाएतका स्थानमा पहिरो गएपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।

यस्तै तानसेन–तम्घास तथा तानसेन–रानीमहल सडक पनि पूर्ण रूपमा बन्द भएको छ। तम्घास रोडमा रूख ढलेको तथा रानीमहल सडकमा पहिरो खसेको छ। यस्तै कालीगण्डकी करिडोरको विभिन्न भागमा पहिरो खसेका कारण सडक अवरूद्द छ।

पाल्पा बुटवल सडकमा बेलुकी ८ देखि बिहान ६ बजे सम्म यात्रा गर्न रोक लगाउँदै जिल्ला प्रहरी कार्यालय पाल्पाले अत्यावश्यक काम बाहेक यो बाटोमा यात्रा नगर्न पनि अपिल गरेको छ। जुन सुकै बेला जहापनि पहिरो पहिरो खस्ने भएकाले सावधानी पनाउन आग्रह गरिएको छ।



from Nagarik News - Home
Previous Post Next Post