भानु जयन्तीका अवसरमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति कसैको भावना र संवेदनामा ठेस पु-याउने नरहेको परराष्ट्र मन्त्रालयले बताएको छ। मन्त्रालयले मंगलबार विज्ञप्तिमार्फत प्रधानमन्त्रीले श्रीराम र उनीसँग सम्बन्धित धेरै स्थानबारे बहुधा कल्पित कथा र प्रसंग रहेको बताएको प्रष्ट पारेको छ।

सोही सन्दर्भमा प्रधानमन्त्रीले रामायण र श्रीरामसम्बन्धी विशाल सांस्कृतिक भूगोलका साथै राम र रामायणसँग सम्बन्धित उन्नत सभ्यताको थप अध्ययन–अनुसन्धान गर्नुपर्ने महत्व दर्साउने क्रममा टिप्पणी गरेको मन्त्रालयले जनाएको छ। अयोध्याको महत्व र सांस्कृतिक मान्यता अवमूल्यन गर्नेतर्फ प्रधानमन्त्रीको अभिव्यक्ति लक्षित नभएको विज्ञप्तिमा भनिएको छ।



from Nagarik News - Home
Previous Post Next Post