इन्टर मिलान फियोरेन्टिनासँग गोलरहित बराबरीमा रोकिएसँगै युभेन्ट्स लगतार नवाैं पटक इटालियन सिरी ‘ए’ को उपाधि जित्न मात्र एक जित टाढा रहेको छ।

युभेन्ट्स दोस्रो स्थानको एट्लान्टाभन्दा ६ अंक बढी छ र बिहीबार राति युडिनेसीमाथि ३ अंक बटुले टोली ३६औं पटक सिरी ‘ए’ च्याम्पियन बन्नेछ।

एन्टोनियो कोन्टेको टोली इन्टर एट्लान्टाभन्दा एक अंकले पछि पर्दै तेस्रो स्थानमा छ।

‘दोस्रो स्थान भनेको हरुवाहरूका लागि हो,’ कोन्टेले भने, ‘अरूका लागि दोस्रो स्थानमा बस्दै सिजन अन्त्य गर्नुको ठूलै अर्थ होला तर मेरा लागि त्यो अर्थहीन छ। जब अंक गुमाइन्छ, टोली थप कठिन स्थितिमा पुग्यो भन्ने बुझ्नुपर्छ।’

यद्यपि इन्टर अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने भने निश्चित भइसकेको छ।

‘हामीले यो सिजन स्वाभाविक प्रदर्शन गर्न सकेनौं,’ कोन्टेले भने, ‘मलाई थाहा छ खेलाडीहरू आफ्नो प्रदर्शनबाट असन्तुष्ट छन् किनभने यसले उनीरूरुलाई थप सुधारिएको प्रदर्शन गर्न प्रेरित गर्छ।’



from Nagarik News - Home
Previous Post Next Post