कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण पुष्टि भएका एक जना जेष्ठ नागरिकको मंगलबार राती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको छ। समान्य बिरामी भएर उपचारका लागि प्रतिष्ठान पुगेका महोत्तरीका ६० वर्षीय जेष्ठ नागरिकको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएपछि साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनको राती निधन भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।

मृतकको शव हाल महोत्तरी ल्याइएको छ। शव व्यवस्थापन स्थल तोकिएको छ प्रजिअ कटुवालले भने– नेपाली सेनाको टोलीबाट शव ब्यवस्थापन हुन्छ।

यसअघि प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय जेष्ठ नागरिकको निधन भएको थियो। यससँगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृतकको संख्या सात पुगेको छ।



from Nagarik News - Home
Previous Post Next Post