कलाकार पल शाह र स्वस्तिमा खड्का तीन वर्षपछि म्युजिक भिडियो ‘मायालु तिमि कता छौ–२ (सिरिरी सिरिरी)’मा देखिएका छन्। म्युजिक भिडियो युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

यस गीतको शब्द दिनेश थपलिया, संगीत राजनराज सिवाकोटी, स्वर स्मिता दाहाल र राजनराज सिवाकोटीको रहेको छ। स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन्।

यस म्युजिक भिडियाको एरेन्ज साहस शाक्य, मिक्सिङ श्यामश्वेत रसाइलीको रहेको छ। भिडियोमा छायाँकन नवराज उप्रेती, सम्पादन अर्जुन जि.सी, कलर श्याम कार्की, कोरियोग्राफि/कथा विक्रम स्वारको रहेको छ। भिडियोको निर्देशन सरोज ओलीले गरेका छन्।



from Nagarik News - Home
Previous Post Next Post