नेपालमा सधैं अभाव हुने सर्पदंशको औषधि (एन्टी स्नेक भेनम) उत्पादनको तयारी थालिएको छ। सुनसरी बराहक्षेत्र–७ मा उद्योग स्थापना गरी अबको दुई वर्षभित्र औषधि उत्पादन गर्ने बताइएको छ। एन्टी स्नेक भेनम सेरम रिसर्च एन्ड म्यानुफ्याक्चरिङ् प्रालि नामक सो कम्पनीको भौतिक पूर्वाधार निर्माण थालिसकिएको छ। सर्पदशंको औषधि उत्पादनका लागि भौतिक पूर्वाधारसँगै घोडा र सर्प पाल्नुपर्ने हुन्छ।

दुई वर्षपछि वार्षिक १५ लाख भायल एन्टी भेनम उत्पादन गर्ने लक्ष्य राखिएको छ। यसका लागि ५ सय हाराहारी सर्प र घोडा दुवै आवश्यक छ। उद्योगको सुरुवात कामसँगै अहिले यहाँ सर्प संकलन र घोडा पाल्न थालिएको छ। भायल एन्टी भेनम उत्पादन गरेपछि नेपालसँगै एसिया र अफ्रिकामा समेत निर्यात गर्ने लक्ष्य राखिएको प्रालिका अध्यक्ष लक्ष्मी फुयाँलले बताए।

यहाँ सुरुवातमा सर्प पालिने र त्यसपछि औषधि उत्पादन गर्न थालिनेछ। उद्योगका स्थापनासँगै उत्पादन गरेर बजार पु¥याउँदासम्म ८८ करोड ६३ लाख रुपैयाँ लाग्नेछ। नेपालले अहिले भारतबाट वार्षिक ३० हजार भायल एन्टी भेनम खरीद गरेर ल्याउने गरेको छ। बिषालु सर्पले डसेको एकजना बिरामीलाई औसतमा १५ देखि २० भायल एन्टी भेनम चाहिन्छ। नेपालका सबै क्षेत्रका लागि आवश्यकता अनुसार वार्षिक १० लाखसम्म भायल एन्टी भेनम आवश्यक पर्ने फुयाँलले बताए।



from Nagarik News - Home
Previous Post Next Post