बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना पोजेटिभ देखिएको छ। कोरोना संक्रमण देखिएपछि उनलाई हिजो राति अबेर मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ। अभिषेकलाई पनि सोहि अस्पतालमा राखिएको छ।

अभिताभ बच्चनले आफुलाई कोरोना संक्रमण भएकोले अस्पतालमा भर्ना भएको सामाजिक संजालमा लेखेका छन्। जया बच्चन र ऐश्वर्या राय बच्चनको पनि कोरोना परीक्षण गरिएको छ। उनीहरुको रिपोर्ट आउन बाँकी रहेको महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपेले बताए।

अभिताभले वितेका १० दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन भनेका छन्। अभिषेकले एक ट्वीट गदै मुम्बई नगरपालिकाको सम्पर्कमा रहेको र सबै सावधानिको उपायहरु पालना गरिरको बताएका छन्। उनले कोरोनाको सामान्य लक्षण देखिएको बताएका छन्।

अधिकारीहरुका अनुसार अमिताभमा भने कोरोनाको कुनै लक्षण देखिएको छैन। ७७ वर्षिय अभिताम ५ दशकदेखि बलिउडमा सक्रिय छन्।



from Nagarik News - Home
Previous Post Next Post