चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पुनः अवरुद्ध भएको छ। हिजो दिउँसो साढे २ बजेदेखि सञ्चालनमा आएको सडक खण्डमा बिहीबार बिहान आधा दर्जन स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो।

पहिरोका कारण पासाङ ल्हामु मार्गको राम्चे, ग्राङ, स्याफ्रु रसुवागढी सडक खण्डको कुलुङ, तातोपानी, टिमुरेमा पहिरोले सडक अवरुद्ध भएको छ। तातोपानी आसपास क्षेत्रमा नै तीन स्थानमा पहिरो झरेको छ।

बिहीबार बिहानैदेखि पहिरो पन्छाउने काम अघि बढाइएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए। दैनिक जसो सडक अवरुद्ध हुँदा सवारी साधन सञ्चालन गर्न कठिन हुँदै आएको छ।



from Nagarik News - Home
Previous Post Next Post