कोरोना भाइरस महामारीका कारण नयाँ मिति तय गरिएको पेरिस म्याराथन स्थगित गरिएको छ। गत अप्रिल ५ का लागि तय भएको पेरिस म्याराथन महामारीका कारण नोभेम्बर १५ का लागि सरेको थियो। यद्यपि विश्वभरबाट कोरोना नियन्त्रणमा आउने नसकेपछि आयोजकले म्याराथन स्थगित गरेको हो।

प्रतियोगिता सञ्चालन गर्न प्रयास गरे पनि पछिल्लो बिग्रदाे परिस्थितिका कारण खेल स्थगित गर्न बाध्य भएको आयोजकले बताएको छ। ‘यस प्रतियोगिताका लागि अभ्यास गर्दै तयारी गरिरहेका खेलाडीका लागि यो दुखद निर्णय हो,’ आयोजकले भनेको छ, ‘तथापि हामी आगामी संस्करण गर्न तयारीमा हुनेछौं। विश्वको सुन्दर सहर पेरिसमा जुझारु धावकलाई ल्याउन आगामी संस्करणका लागि तयारी गर्नेछौं।’

बर्लिन म्याराथन र न्युयोर्क म्याराथन आगामी सेप्टेम्बर २८ र नोभेम्बर एक लागि तय गरिएको थियो, यद्यपि दुवै संस्करण यस वर्ष नहुने भएका छन्। गत हप्ता मात्र आगामी अक्टोबर ४ का लागि तय लन्डन ओलम्पिक भने सञ्चाल हुने निर्णय भएको थियो। तर उक्त म्याराथनमा इलिट एथ्लेटको मात्र सहभागिता हुने बताइएको छ।



from Nagarik News - Home
Previous Post Next Post