किङ्सले कोमानले दशकौं बल्यकाल बिताएको क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध गरेको गोल निर्णायक बनेपछि बायर्न म्युनिखले आइतबार च्याम्पियन्स लिगको उपाधि उचाल्न सफल भयो।

लिस्बनमा आइतबार फ्रेन्च जायन्ट पिएसजीमाथि १–० को जित जिकाल्दा बायर्न छैटौं पटक च्याम्पियन्स लिग उपाधि उचाल्न सफल भएको हो। पिएसजीकै एकेडेमीबाट उत्पादित कोमान बायर्नको जितमा नायक बने। एकेडेमी हुँदै उनले पिएसजीको सिनियर टोलीबाट चार खेल खेलेका थिए। २४ वर्षे कोमानले हेडमार्पmत गरेको गोल बायर्नलाई च्याम्पियन बनाउन पर्याप्त बन्यो। उनले बाल्यकाल बिताएको क्लब पिएसजीलाई युरोपियन प्रतिष्ठित प्रतियोगितामा विनाशकारी झड्का दिए।

आफ्नै एकेडेमीबाट उत्पादित प्रतिभाशाली एड्रियन राबियट र लियोनका स्ट्राइकर मौसा डेम्बेलेले यस सिजन राम्रो प्रदर्शन गरिरहँदा अर्का युवा स्टार कोमानले भने पिएसजीलाई ठूलो चोट दिए। फ्रान्सको राजधानीमा अवस्थित पिएसजीले अर्का टिनेजर स्टार टङ्ग्वे कौसीलाई पनि यसै सिजन बायर्नलाई बेच्दा एकेडेमीकै अर्का युवा स्टार मौसा डिएबी पनि बायर लेभरकुसेनमा पाँच वर्षका लागि अनुबन्धित भइसकेका छन्। सन् २०१४ मा कोमानको बहिर्गमन हुनुलाई पिएसजीका लागि निसन्देह केही पश्चात्ताप पक्कै हुनेछ, जसले युभेन्ट्सलाई दुई सिरी ‘ए’ उपाधि र बायर्नलाई पाँच लिगको उपाधि दिलाएका छन्।

पिएसजीकै एकेडेमीबाट उत्पादित कोमान बायर्नको जितमा नायक बने। एकेडेमी हुँदै उनले पिएसजीको सिनियर टोलीबाट चार खेल खेलेका थिए। २४ वर्षे कोमानले हेडमार्फत गरेको गोल बायर्नलाई च्याम्पियन बनाउन पर्याप्त बन्यो

पिएसजीले खेलाडी अनुबन्धनमा लगातार अत्यधिक रकम खर्चिंदा पहिलो पटक च्याम्पियन्स लिग फाइनल पुगेको थियो। तर विडम्बना, महँगा खेलाडी क्लबमा राख्न आफ्नै एकेडेमीका खेलाडी अन्यत्र पठाएको पिएसजीलाई आफ्नै उत्पादन कोमानले उपाधि जित्नबाट वञ्चित गराए। ‘यो एक अविश्वसनीय क्षण हो। धेरै खुसीसँगै पिएसजीप्रति केही दुःखी पनि छु,’ कोमानले भने, ‘तथापि म एक व्यावसायिक खेलाडी भएकाले मेरो मनमस्तिष्कमा शतप्रतिशत बायर्न नै छ। तर प्रिस्नल किम्पेम्बेलाई दुःखी देख्दा केही नराम्रो भने पक्कै लाग्यो।’

पिएसजीको एकेडेमीबाट किम्पेम्बे र कोमानसँगै खेलेका थिए। पेरिसमा जन्मिएका कोमान सन् २००४ मा आठ वर्षको उमेरमा पिएसजीको एकेडेमीमा भर्ना भएका थिए। एकडेमीको नौ वर्षे यात्रापछि उनले पिएसजीका लागि सिनियर टोलीबाट डेब्यु गरे। छोटो समयमा नै उन्नति गरेपछि १६ वर्षकै उमेरमा पिएसजीको सिनियर टोलीबाट खेल्न पाएका थिए। पिएसजीले लगातार मोटो रकम खर्चंदै विदेशी खेलाडी खरिद गर्न थालेपछि कोमानले २०१४ मै युभेन्ट्स जाने निर्णय गरे र सन् २०१७ मा भने उनी बायर्नसँग आबद्ध भए। बायर्नबाट उनले लगातार सफलता प्राप्त गरेका छन्। कोमानले यस सिजन बायर्नको ३४ लिग खेलमध्ये आधी मात्र खेलेका थिए।

उनै कोमान बायर्नको च्याम्पियन्स लिग उपाधि जितमा नायक साबित भए। खेलको ६०औं मिनेटमा जोसुवा किमिचको फ्लिक क्रसलाई कोमानले हेडरमार्फत गोल गर्दै अग्रता दिलाए, जुन निर्णायक पनि बन्यो। बायर्न प्रशिक्षक हान्सी फ्लिकले फाइनलमा कोमानलाई अवसर दिँदै ठूलो चुनौती लिएका थिए र कोमानले पनि प्रशिक्षकको निर्णयलाई सही साबित गरिदिए। ‘उनी पिएसजीकै पूर्वखेलाडी थिए। पूर्वक्लबविरुद्ध अझ राम्रो गर्न सक्छन् भनेर उनलाई अवसर दिएकोे थिएँ, साथै उनको गति पनि राम्रो थियो,’ इभान पेरिसिचको स्थानमा कोमानलाई सुरुआती टोलीमा पठाएका फ्लिकले प्रस्ट्याए।

नेइमार र एम्बाप्पेको बचाउ
पिएसजीका प्रशिक्षक थोमस टुचेलले बायर्नविरुद्ध गोल गर्न असफल आफ्ना चार सय मिलियन युरोका स्ट्राइकरद्वय नेइमार र किलियन एम्बाप्पेको बचाउ गरेका छन्।

कतारी मालिकको क्लब पिएसजीले च्याम्पियन्स लिग जित्ने उद्देश्यस्वरूप सन् २०१७ मा यी दुई स्ट्राइकरका लागि कुल ४ सय २ मिलियन युरो खर्चिएको थियो। यद्यपि, महँगो मूल्य खर्चिएका स्ट्राइकरद्वय जर्मन जायन्टविरुद्ध गोल गर्न असफल भएपछि उनीहरूको आलोचना सुरु भएको थियो। विश्वकै महँगा फुटबलर नेइमारले एक पहेंलो कार्ड र गहभरि आँसुका साथ आइतबार रातिको खेल अन्त्य गरेका थिए।

‘नेइमार र किलियनले गोल गरून् भन्ने चाहना थियो, तर उनीहरूलाई सदैव गोल गरेनन् भन्न चाहिँ हुँदैन,’ टुचेलले भने, ‘नेइमारको प्रदर्शनप्रति गर्व गर्छु। उनी निकै क्षमतावान् खेलाडी हुन्, उनले आफ्नो खेल पूर्ण रूपमा देखाएका थिए। चोटका कारण किलियनलाई पनि केही कठिन छ। उनले केही अभ्यास पनि गुमाएका थिए, उनी खेल्नु नै चामत्कारिक पक्ष थियो।’ एम्बाप्पेले पहिलो हाफअगाडि गोल गर्ने उत्कृष्ट अवसरमा सीधै बायर्नका गोलकिपर म्यानुयल नुयुरको हातमा बल दिएका थिए। ‘यदि हामीले पहिलो गोल गरेको भए, हामीले नै खेल जित्ने थियौं,’ टुचेलले थपे, ‘त्यो पहिलो गोलले नै खेलमा प्रभाव पा-यो।’

पिएसजीका अध्यक्ष नासिर अल खेलैफीले च्याम्पियन्स लिग आफ्नो बनाउनेमा जोड दिए। नेइमार निकै भावुक हुँदा पनि पिएसजीका अध्यक्ष नासिरले सान्त्वना दिएका थिए। ‘म आफ्ना खेलाडीप्रति धेरै गर्व गर्छु,’ कतारी मालिकले भने, ‘यो सिजन हाम्रा लागि राम्रो रह्यो। हामी फाइनल पुग्छौं भन्ने कसैले सोचेका थिएनन्। हामी उपाधिनजिक पनि पुग्यौं। हामीले जितका लागि सबथोक ग-यौं, तर फुटबलमा यस्तो हुन्छ। आगामी सिजन च्याम्पियन्स लिग जित्ने तवरबाट काम गर्छौं।’



from Nagarik News - Home
Previous Post Next Post