बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको प्रवक्तामा गंगाधर अधिकारी तोकिएका छन् । गत फागुनमा गठन भएको बेपत्ता आयोगले पाँच महिनापछि बल्ल प्रवक्ता तोकेको हो । आयोगकै सदस्य रहेका अधिकारीलाई सञ्चार माध्यमसँगको सहकार्यका लागि सहज बनाउन प्रवक्ता तोकिएको आयोगले जनाएको छ ।
सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिको सत्यतथ्य पत्ता लगाउन बनेको आयोगमा दोस्रोपटक पदाधिकारी चयन गरिएको हो । कोरोना संक्रमणको महामारी सुरु भएपछि नयाँ पदाधिकारीले सोचेजस्तो काम गर्न नपाएको गुनासो गरेका छन् । बेपत्ता आयोगमा करिब दुई हजार पाँच सय उजुरी दर्ता भएका छन् ।
from Nagarik News - Home