लेबननको राजधानी बेरुतमा भएको विस्फोटनमा कम्तीमा ७० जनाले ज्यान गुमाएका छन् भने चार हजार भन्दा बढी मानिस घाइते भएका छन्।

लेबनानका प्रधानमन्त्री हसन दिआबले घटनापछि राष्ट्रिय शोक घोषणा गरेका छन्। अधिकारीहरुका अनुसार एउटा गोदाममा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको थियो। राष्ट्रपति मीसेल आउनले ट्वीट गर्दै भनेका छन् २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु अस्वीकार्य छ, यसको छानविन हुन्छ।

यस क्षेत्रका प्राय सबै भवनहरु ध्वस्त भएका छन्। धमकाको आवास निकै टाढासम्म सुनिएको संचारमाध्यमहरुले जनाएका छन्। विस्फोटको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो। प्रधानमन्त्री हसनले दोषीलाई कुनै पनि हालतमा नछोडिने बताएका छन्।

यो धमाका सन् २००५ मा लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरिरीको हत्याबारे अदालतबाट फैसला आउनु भन्दा पहिले भएको हो।

त्यहाँका अस्पतालहरु घाइते भरिएका छन् भने मानिसहरु भग्नावशेषमा च्यापिएका छन्। विस्फोट लेवनानको तटिय क्षेत्रमा भएको हो।

लेबनानमा पछिल्लो समय सरकारको विरोधमा प्रदर्शन भइरहेका छन्। लेबनान १९७५-१९९० को गृहयुद्धपछि ठूलो आर्थिक संकटसँध जुधिरहेको छ।



from Nagarik News - Home
Previous Post Next Post