पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि क्रमिक रूपमा बढेको छ। नेपालमा पहिलोपटक जेठ ३ गते कोरोना संक्रमणका कारण सिन्धुपाल्चोककी एक सुत्केरीले ज्यान गुमाएकी थिइन्। त्यसबेला नेपालमा संक्रमतिको संख्या २ सय ८१ मात्रै थियो।

त्यस्तै नेपालमा कोरोना संक्रमणबाट दोस्रो मृत्यु जेठ ४ गते भएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार दाङ नरैनापुर गाउँपालिका–५ स्थित दीपेन्द्र प्राथमिक विद्यालयको क्वारेन्टिनमा रहेका २४ वर्षीय युवकको कोरोनाका कारण मृत्यु भएको थियो। जेठ ८ गते नेपालमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु भएको थियो।

जेठको अन्तिममा आइपुग्दा १९ जनाको मृत्यु भएको थियो। असार ३ गते एकै दिन तीनजनाको मृत्यु भयो। योसँगै मृत्यु हुनेको संख्या २२ पुगेको थियो। असार ११ गतेपछि अन्तिमसम्म आइपुग्दा यो संख्या ३९ पुग्यो।

साउन २ गते एक, ७ गते दुई, ८ गते एक, साउन ९ गते एक, १० गते एक, ११ गते दुई र १२ गते तीनजनाको मुत्यु हुँदा यो संख्या ४८ पुग्यो। साउन १३ गते एक, १५ गते तीन, १६ गते चारजनाको मृत्यु भएसँगै यो संख्या ५६ पुग्यो। त्यस्तै साउन १८ गते एक, २० गते एक र २१ गते पाँच जनाको मृत्यु हुँदा यो संख्या ६३ पुगेको हो।



from Nagarik News - Home
Previous Post Next Post