नायिका एलिजा गौतम र मोडेल दुर्गेश थापाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘घाँसको माया गाईलाई’ बोलको गीतको भिडियोमा एलिजा र दुर्गेशसँगै देखिएका हुन्। ईनाक्षी ईन्टरटेनमेन्टमार्फत उक्त गीतको भिडियो बिहिबार सार्वजनिक भएको हो । राजनराज शिवाकोटी र रेखा ढुंगाना कटवालको स्वर रहेको गीतका रचनाकार राजेन्द्र थापा हुन् ।

गायक शिवाकोटी संगीतमा रहेको उक्त गीतको निर्माता रामजनक कटवाल रहेका छन्। भिडियोको कोरियोग्राफी तथा सम्पादन भने शिब बि।कले गरेका हुन् । म्युजिक भिडियोमा बाल कलाकार भेनस बिक्रम कटवालले अभिनय गरेका छन्। भिडिओको सम्पादन भने विकास ज्ञवालीको छ । आमोश तामाङको एरेन्ज रहेको भिडियोको छायाँकन अर्जुन तिवारीले गरेका छन् ।

गत भदौ दोस्रो साता सञ्चारकर्मी ऋषि धमला प्रस्तुतकर्ता रहेको नायिका एलिजा गौतमको नयाँ फिल्म ‘अनुराग’को ट्रेलर सार्वजनिक भएको थियो।



from Nagarik News - Home
Previous Post Next Post