दुई पटकका ओलम्पिक च्याम्पियन क्यास्टर सेमेन्याले ट्य्राक एन्ड फिल्डमा दौडन पाउनुपर्ने लामो समयदेखिको कानुनी लडाइँमा हार बेहोरेकी छन्।

उनीसँग पुरुषजस्तै हर्मोन भएकाले उनलाई महिलासँगको प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको थियो र त्यसका विरुद्ध सेमेन्याले स्विट्जरल्यान्डको कोर्टमा अपिल गरेकी थिइन्। यद्यपि, त्यहाँको उच्च अदालतले पनि उनको अपिल खारेज गरिदिएको छ। गत वर्ष मात्र कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्सले हार्मोनको मात्र कम गराउन सेमेन्यालाई आदेश दिएको थियो। ती निकायले उनले पुरुषमा हुने हर्मोनको जति मात्रा कम गरेर प्रतिस्पर्धा गर्न सक्ने बताएका छन्। यद्यपि, सेमेन्याले हार्मोन कम नगर्ने बताइसकेकी छन्। यदि त्यसो भएमा उनले आगामी वर्ष टोकियो ओलम्पिकमा ८०० मिटरको दौडमा आफ्नो उपाधि रक्षा गर्न पाउने छैनन्।

जबसम्म उनले औषधि या सर्जरीको माध्यमबाट टेस्टोस्टेरोनको मात्रा कम गराउँदिनन्, तबसम्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा फर्किन पाउने छैनन्। यद्यपि, २९ वर्षीया दक्षिण अफ्रिकन सेमेन्याले आफ्नो वकिलमार्पmत मंगलबार आफ्नो पूर्वअडानबाट पछि नहट्ने बताएकी छन्। ‘म यो किसिमको नियमप्रति सहमत छैन। विश्व एथ्लेटिक्सले दिएको औषधि सेवनको आदेश पनि मान्दिनँ। म जे छु, त्यसैमा ठीक छु र आफूलाई बदल्न सक्दिनँ,’ उनीले भनिन्। एक रिपार्टका अनुसार विश्व एथ्लेटिक्सले सेमेन्यालाई महिला प्रतिस्पर्धाबाट प्रतिबन्ध गर्दै पुरुषतर्पm पनि प्रतिस्पर्धा गर्न बाटो खुलाइदिएको थियो।

गत वर्ष मात्र कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्सले हार्मोनको मात्र कम गराउन सेमेन्यालाई आदेश दिएको थियो। ती निकायले उनले पुरुषमा हुने हार्मोनको जति मात्रा कम गरेर महिला इभेन्टमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन्।

तीन पटक विश्व च्याम्पियन सेमेन्याले सन् २००९ मा टिनेजमै च्याम्पियन भएकी थिइन्। सन् २०१२ र २०१६ को ओलम्पिक च्याम्पियन सेमेन्याको अपिललाई एक वर्षपछि यहाँको अदालतले पैmसला गरेको हो। सेमेन्याकी वकिल ग्रेग नोटले युरोपियन कोर्ट अफ ह्युमन राइटमा पनि अपिल गर्ने सम्भावना छ, तर आगामी वर्षको जुलाईसम्म नतिजा आउने सम्भावना न्यून छ। मंगलबारको पैmसलाअनुसार सेमेन्या र दक्षिण अफ्रिका ट्य्राक फेडेरेसनले उल्टै केही लागत उठाउनुपर्ने भएको छ। उक्त पैmसलाअनुसार सेमेन्या र फेडेरसनले कोर्टलाई सात ६ सय डलर तथा विश्व एथ्लेटिक्सललाई आठ हजार सात सय डलर कानुन खर्च बुझाउनुपर्ने भएको छ।



from Nagarik News - Home
Previous Post Next Post