
पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष एहसान मनीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) मा अबको नेतृत्व विश्व क्रिकेटका तीन शक्तिशाली राष्ट्रबाट हुन नहुने बताएका छन्।
यसै वर्षको जुलाई १ तारिख शशांक मनोहर आइसिसीको अध्यक्ष पदबाट राजीनामा दिएपछि इमरान ख्वाजाले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन्। उनले कार्यवाहकको जिम्मेवारी नयाँ अध्यक्ष आउने समयसम्मका लागि सम्हाल्नेछन्। पिसिबीका अध्यक्ष मनीका अनुसार आइसिसीमा क्रिकेट अस्टे«लिया,
इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) बाहेकबाट नेतृत्व हुनुपर्ने बताएका हुन्।
‘अहिलेसम्म यी तीनबाट बोर्डमा नेतृत्व हुनु दुर्भाग्य भयो,’पिसिबीका अध्यक्षले एक सञ्चारमाध्यमलाई दिएको अन्र्तवार्तामा भनेका छन्, ‘अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतको राजनीतिले गर्दा क्रिकेट उचित तरिकाले चलेको छैन। उनीहरू आफ्नो पद जोगाइरहन तल्लीन भए, त्यसैले यी देशको नेतृत्व हुन आवश्यक छैन।’
२००३ देखि २००६ सम्म पिसिबीका अध्यक्ष मनीले आइसिसीको अध्यक्ष पद सम्हालेका थिए। ‘बोर्डमा आपूm निकटको राजनीति धेरै हाबी हुने गरेको मेरो अनुभव छ,’ मनीले थपे, ‘यसअघि मैले यस्तो प्रवृत्ति देखेको थिइनँ। इच्छानिकटको राजनीति कुनै पनि संस्थामा पारदर्शी हुँदैन।’ आइसिसीको नेतृत्वका लागि हालका बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले इच्छा देखाएका छन्। यही विषयलाई लिएर मनीले आलोचना गरेका हुन्।
from Nagarik News - Home