रौतहटको गरुडा बजारस्थित राष्ट्रिय वाणिज्य बैंकका अधिकांश कर्मचारीमा कोरोना संक्रमणको लक्षण देखिएपछि बैंकको सम्पूर्ण कारोबार बन्द गरिएको छ । बिहीबार बैंकले सूचना प्रकाशित गरी बैंकको सम्पूर्ण कारोबार बन्द भएको जानकारी गराएको हो ।

बैंकले शाखाका अधिकांश कर्मचारीमा कोभिड–१९ सँग मिल्ने लक्षण देखा परेको हुँदा सोको परीक्षण भई नतिजा नआउन्जेल सम्पूर्ण कर्मचारी आइसोलेसनमा बस्नुपर्ने हुँदा बैंकबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द रहने जनाएको छ । बैंकका एक कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएको र अन्य कर्मचारीमा पनि कोरोनाको लक्षण देखिएकाले केन्द्रीय कार्यालयको निर्देशनअनुसार बैंक बन्द गरिएको शाखा प्रबन्धक घनश्याम कटुवालले जानकारी दिए ।



from Nagarik News - Home
Previous Post Next Post