नेपाल बक्सिङ संघले आफ्ना अध्यक्ष राम अवालेको विषयमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
संघका प्रवक्ता श्याम अवालेद्वारा विज्ञप्ति जारी गर्दै संघको प्रतिष्ठामा आँच आउने र अध्यक्षको चरित्र हत्या गर्ने खालका भ्रामक र कपोलकल्पित समाचार प्रकाशन हुनु दुखद कुरा भएको बताएका छन्। उनले विज्ञप्तिमा संस्थापक अध्यक्ष विष्णुगोपाल श्रेष्ठलाई आजीवन अध्यक्ष नदिएको, विधान विपरीत कार्य नगरेको र कार्य समितिमा छलफल तथा पास भएर मात्र सबै निर्णय भएको स्पष्ट पारेका छन्।
युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नीति र निर्देशनमा रही संघको विधि र विधानअनुसार नै सबै काम सञ्चालन भइरहेको प्रवक्ता श्याम अवालेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै संघले विवाद सिर्जना गराउने साटो आगामी दिनमा सबै मिलेर नै बक्सिङको विकास गर्नसमेत आह्वान गरेको छ।
from Nagarik News - Home