अमेरिकाकी सेरेना विलियम्सले संघर्ष गर्दै बुधबार युएस ओपनको सेमिफाइनलमा स्थान बनाउँदा पुरुषतर्फ डोमिनिक थिम र ड्यानिल मेदभेदेभले अन्तिम चारमा स्थान बनाएका छन्।

बुल्गेरियाकी गैरवरीयता खेलाडी स्भेटाना पिरोनकोभासँग सुरुआती सेटमा पछि परे पनि उत्कृष्ट पुनरामगन गर्दै सेरेनाले फ्लसिड मिडोजमा कीर्तिमानी २४औं ग्रान्ड स्लाम बराबरी गर्ने यात्रा कायमै राखेकी हुन्। उनले उपाधि भिडन्तको यात्रा तय गर्नका लागि सेमिफाइनलमा भिक्टोरियाकी अजारिन्काविरुद्ध चुनौती प्रस्तुत गर्नेछिन्। अजारिन्का भने बेल्जियमकी इलिज मार्टिन्सलाई स्तब्ध बनाउँदै सात वर्षपछि पहिलो ग्रान्ड स्लामको खोजीमा होमिएकी छन्। सेरेनाले दुई उत्कृष्ट सट प्रहार गर्दै म्याच प्वाइन्ट निकालेपछि सेटमा पुनरागमन गरेकी थिइन्। ‘मैले निकै संघर्ष गर्नुप-यो। मैले जसरी हुन्छ उत्कृष्ट नतिजा निकाल्न प्रयास गरिरहेँ,’ सेरेनाले भनिन्।

आर्थर एस स्टेडियममा पहिलो सेट ६–४ ले गुमाएकी सेरेनाले त्यसपछिका सेटमा ६–३ र ६–२ ले पुनरागमन गर्दा दुई घण्टा १२ मिनेट समय खर्चिइन्। ‘मैले कुनै समय पनि हार मानिनँ र मैले जसरी हुन्छ आफ्नो यात्रा कायमै राख्नुपर्छ भन्ने सोचें,’ विलियम्सले प्रस्ट्याइन्। सेरेना यस पटक मार्गरेट कोर्टको नाममा रहेको सिंगल्सतर्फ सर्वाधिक ग्रान्ड स्लामको कीर्तिमान बराबरी गर्ने अभियानमा छिन्। सेरेनाले करियरको २३औं ग्रान्ड स्लाम जितेको तीन वर्षभन्दा पनि बढी भइसकेको छ।

बुल्गेरियाकी गैरवरीयता खेलाडी स्भेटाना पिरोनकोभासँग सुरुआती सेटमा पछि परे पनि उत्कृष्ट पुनरामगन गर्दै सेरेनाले फ्लसिड मिडोजमा कीर्तिमानी २४औं ग्रान्ड स्लाम बराबरी गर्ने यात्रा कायमै राखेकी हुन्।

पछिल्लो पटक सन् २०१७ को अस्ट्रेलियन ओपन जित्दा उनी गर्भवती थिइन्। त्यसपछि चारवटा ग्रान्ड स्लाम फाइनलमा पुगे पनि सेरेनाले खाली हात फर्कनुपरेको छ, तर, यस पटक पनि उनले अवसर पाएकी छन्। यता, अजारिन्काले मार्टिन्समाथि एक घण्टा १३ मिनेटमा ६–१ र ६–० को जित रचिन्। सेरेनाले सन् २०१२ र २०१३ को युएस ओपन फाइनलमा अजारिन्कालाई नै पराजित गरेकी थिइन्।

‘निकै खुसी छु’

सन् २०१६ मा छोराको आमा बनेपछि अजारिन्काको करियर पनि केही वर्ष प्रभावित भएको थियो। अजारिन्काले आफू युवा अवस्थामा हुँदा हार स्वीकार गर्न निकै कठिन हुने स्मरण गर्दै हाल आफ्नो स्वाभावमा परिवर्तन आएको बताइन्। ‘म हरेक क्षणमा रमाइरहेको छु, त्यो जित होस् या हार। जीवनमा आएका हरेक राम्रा र खराब नतिजालाई सहजै स्वीकार गरिरहेको छु,’ अजारिन्काले भनिन्, ‘लामो समयको संघर्षपश्चात् पुनः यहाँ फर्किएको छु। धेरै धैर्यता र साथका कारण मैले पुनः त्यो बाटो भेटाएकी हुँ।’

पुरुषतर्पm विश्व नम्बर तीन रसियाका मेदभेदेभले आफ्नै देशका बाल्यकालदेखिका साथी आन्द्रे रुब्लेभलाई ७–६ (८–६), ६–३, ७–६ (७–५) ले हराए। २१ वर्षे रुब्लेभले पहिलो सेटमा ५–१ ले अग्रता बनाए पनि मेदभेदेभले टाइब्रेकसम्म पु-याए र सेट आफ्नो बनाए। त्यसपछिका सेट जितेका मेदभेदेभले अन्तिम चारको यात्रा तय गर्दा विश्व नम्बर दुई थिमविरुद्धको चुनौती पक्का गरे। थिमले भने अस्ट्रेलियाका एलेक्स डे मिनउरलाई ६–१, ६–२ र ६–४ ले पराजित गरेका थिए। पाँचौं वरीयताका एलेक्जान्डर भेरेभले सेमिफाइनलमा स्पेनमा पाब्लो कारिनो बुस्टासँग प्रतिस्पर्धा गर्नेछन्।



from Nagarik News - Home
Previous Post Next Post