धनकुटा जिल्ला पुनः कोरोना संक्रमणमुक्त जिल्ला भएको छ। जिल्लामा रहेका सबै संक्रमित निको भएपछि सुंक्रमण शून्य भएको हो। धनकुटामा पिसिआर विधिबाट २ हजार १६३ जनाको कोरोना परीक्षण गरेका मध्य ४५ जनाको पोजेटिभ देखिएको थियो।

परीक्षण गरिएका मध्ये २ हजार १ सय १८ जनाको नेगेटिभ आएको थियो। धनकुटा नगरपालिकाको २ जना र धनकुटा अस्पतालको आइसोलेसनमा उपचरात २ जनाको फलोप परीक्षण गरि ४ जनाको नमुना संकलन गरि कोरोना परीक्षणका लागि जनस्वनस्थ्य प्रयोगशाला विराटनगर पठाइएको थियो। उनीहरु ४ जनाको नतिजा आज नेगिटिभ प्राप्त

भएको जिल्ला स्जवस्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाइले बताऐ। यसअघि संक्रमित ४३ जना कोरोना निको भएर अस्पतालबाट फर्किसकेका छन्। आज दुईजना निको भएसंगै जिल्लामा कोरोनाबाट निको हुनेको संख्या ४५ पुगेको छ।



from Nagarik News - Home
Previous Post Next Post