कोरोना महमारी रोक्न गरिएको लकडाउन र निषेधाज्ञाले भोकै पारेका व्यक्तिलाई सहयोग गर्ने हेतुले रोयल रोलर्स क्लब÷धौलागिरी इन्फिल्डर्स सामाखुसीले सुरु गरेको फुड बैंक लकडाउन खुले पनि केही दिन लम्बिने भएको छ।

शनिबारबाट सुरु गरिएको फुड बैंक अझ केही दिन लम्ब्याउने योजना रहेको धौलागिरी इन्फिल्डर्सका सञ्चालक प्रकाश तुलाचनले जानकारी दिए। ‘हुनेले दिएर जानुस्, नहुनेले लिएर जानुस्’ भन्ने नाराका साथ सुरु गरिएको फुड बैंकबाट बिहीबारसम्म ६ सय २६ घर परिवारले खाद्यान्न सहयोेग पाइसकेको उनले जानकारी दिए।

उक्त फुड बैंकमा दिन सक्नेले दिने र आवश्यक पर्नेले खाद्यान्न लिन सक्नेछन्। फुड बैंकलाई शनिबार तनहुँ भिमादको देव एन्ड सन्स इन्टरप्राइजेजले एक लाख रूपैयाँ सहयोग गरेको थियो। युवालाई उत्साह दिन बिहीबार भूतपूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता बाबुराम भट्टंराई पनि फुड बैंक सञ्चालनस्थलमा पुगेका जारी विज्ञप्तिमा उल्लेख छ।



from Nagarik News - Home
Previous Post Next Post