फ्लोरियन थोउभिनले १५ महिनापछि टोलीको लागि पहिलो गोल गर्दा आइतबार लिग वानमा मार्सेलीले ब्रिस्टमाथि ३–२ को जित निकाल्दै लिगमा सुखद सुरुआत गरेको छ।

२०१९÷२० को सिजनको अन्तिमतिर कुर्कुचाको चोटका कारण मैदानबाहिर रहेको थोउभिनले घरेलु टोली ब्रिस्टविरुद्ध २०औं मिनेटमा गोल गरेका थिए। प्रिमियर लिगको क्लब न्युक्यासल युनाइटेडबाट मार्सेलीमा लोनमा गएका विश्वकप विजेता थोउभिनले खेलमा अन्य दुई असिस्ट पनि गरे।

मार्सेलीका प्रशिक्षक आन्द्रे भिल्लासबोसले पूर्णमा रूपमा फिट हुँदै फर्किएका थोउभिनको खेलले बलियो प्रतिद्वन्द्वी पेरिस सेन्ट जर्मन (पिएसजी) सँग आगामी सेप्टेम्बर १० मा हुने खेलमा आफ्नो टोलीबाट कडा चुनौती दिने प्रतिक्रिया जनाए।

‘थोउभिनको पुनरागमन र गोलले म निकै खुसी छु। उनी लामो समय मैदानबाहिर रहेका थिए। मेरो भोगाइमा उनको चोट सबैभन्दा लामो रह्यो,’ प्रशिक्षक आन्द्रे भिल्लासबोसले भने, ‘यो बीचमा म निकै कठिन तरिकाले चल्नुप¥यो। थोउभिनलाई फर्काउन मैले व्यक्तिगत रूपमा निकै मिहिनेत गरेँ।’

‘थोउभिनको पुनरागमन र गोलले म निकै खुसी छु। उनी लामो समय मैदानबाहिर रहेका थिए। मेरो भोगाइमा उनको चोट सबैभन्दा लामो रह्यो।’

‘७० देखि ८० प्रतिशत उनको खेलमा विश्वस्त थिएँ,’ मार्सेलीका प्रशिक्षक भिल्लासबोसले थपे, ‘मैले अनुबन्धित गरेका खेलाडीको प्रदर्शनमा सन्तुष्ट छु।’

मार्सेलीले गत साता नै लिग वानको उद्घाटन गर्ने तालिका थियो। केही खेलाडीमा देखिएको कोरोना संक्रमणका कारण उक्त खेल एक साता पछि धकेलिएको थियो। मार्सेलीका पाँच खेलाडीमा कोरोनाको संक्रमण देखिएको थियो। ब्रिस्ट भ्रमण गर्नुअघि नै क्लबले थप तीन खेलाडीमा कोराना संक्रमण पोजेटिभको संकेत देखिएको जनाएको थियो।

२०औं मिनेटको अग्रतापछि मार्सेलीले ७ मिनेटपछि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएको थियो। त्यसपछि पछि परे पनि खेलमा फर्किन निरन्तर प्रयास गरेको ब्रिस्टले पहिलो हाफ सकिनै लाग्दा गोल गर्दै अग्रता छोट्याएको थियो। २७औं मिनेटमा मार्सेलका लागि डुजे क्लेटाकारले दोस्रो गोल गर्दा ४५औं मिनेटमा ब्रिस्टका रोमियन फाइभेरेले अग्रता घटाएका हुन्। डुजेले खेल सकिन १० मिनेट बाँकी रहँदा व्यक्तिगत दुई तथा टोलीका लागि तेस्रो गोल थपे। एक मिनेट बाँकी रहँदा ब्रिस्टका गिएटिनले गोल गर्दै खेलमा फर्किने संकेत देखाए पनि बाँकी समयमा उनको टोली सफल हुन सकेन। घरेलु टोली ब्रिस्टले भ्रमणकारी टोली मार्सेलीलाई ३–२ को नतिजा सुम्ँिपदै लिग सुरुआत गर्न विवश बन्यो।

लिग वानअन्तर्गत आइतबारै सम्पन्न अन्य खेलमा लिल्लेले रेनिसलाई र मोनाकोले मेइजलाई १–० तथा नान्टेसले निमेसलाई २–१ ले हराउँदै तालिकामा महत्वपूर्ण तीन अंक जोड्न सके। यस्तै सेन्ट–इटियनले लोरेन्टमाथि २–० को जित निकाल्यो।



from Nagarik News - Home
Previous Post Next Post