इरानमा कोरोना भाइरस(कोभिड १९) महामारीकोे तेस्रो चरणसुरु भएको छ। समाचार संस्था अलजजिराकाअनुसार इरानका ३२ खतरापूर्ण क्षेत्रका रुपमा राखिएको छ।

त्यहाँका सरकारी अधिकारीलाई उदृत गर्दै समाचारमा भनिएको छ, यहाँ थप १९५ जनाको मृत्यु भएको जनाएको छ।

इरानमा कोरोनाका कारण अहिलेसम्म २५ हजार ५८९ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता सिमा साडाट लारीले अहिले पनि दैनिक तीन हजार ३६२ भन्दा बढी सङ्क्रमित भएको जानकारी दिए। इरानमा अहिलेसम्म चार लाख ४६ हजार ४४८ जना सङ्क्रमित भएका छन्।



from Nagarik News - Home
Previous Post Next Post