बेन चिलवालले डेब्यु खेलमा र जर्गिनोले पेनाल्टीमा दुई गोल गरेपछि शनिबार प्रिमियर लिगमा चेल्सीले क्रिस्टल प्यालेसविरुद्ध ४–० को सहज जित निकालेको छ। कुर्कच्चाको चोटका कारण ढिला मात्र डेब्यु गरेका चिलवाल यसै सिजन लेस्टर सिटीबाट ६४ मिलियन अमेरिकी डलरमा चेल्सीमा अनुबन्धित थिए।

क्रिस्टल प्यालेसविरुद्ध सहज जित निकाल्ने क्रममा चेल्सीका डिफेन्डर हाबी भए। चार गोल हुँदा चिलवालका अलावा कुर्ट जुमाले एक गोल आफ्नो नाममा लेखाउँदा जोर्गिनोले पेनाल्टीबाट दुई गोल थपे। त्यसपछि प्यालेसले खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन र चेल्सीले ४–० स्पष्ट जित दर्ता ग¥यो। चेल्सीको घरेलु मैदानमा भ्रमणकारी टोली क्रिस्टल प्यालेसले धेरै काउन्टरको प्रयास गरे पनि असफल भएको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा चेल्सीले उत्कृष्ट खेल देखाउन सफल भयो। चेल्सीमा हाबी भएका चिलवालले ५०औं मिनेटमा गोल गर्दै टोलीको खाता खोलेका थिए। ६६औं मिनेटमा जुमाले गोल थप्दा खेल २–० को अवस्थामा पुगेको थियो। अन्तिम १५ मिनेट पाहुना टोली क्रिस्टल खेलमा फर्किने प्रयास गर्दै काउन्टरमा उत्रिए पनि चेल्सीले उल्टै काउन्टर गर्दा प्यालेस थप दबाबमा प¥यो। जोर्गिनोले ७८औं र ८२औं मिनेटमा पेनाल्टी अवसरलाई सदुपयोग गर्दा चेल्सीले सानदार जित निकाल्न सफल भएको हो।

जितसँगै चेल्सी तालिकाको चौथो स्थानमा उक्लिएको छ। ७ अंक बटुलेको चेल्सीसँग पराजित क्रिस्टल प्यालेसले जारी लिगमा दोस्रो पराजय भोगेको छ। तालिकामा प्यालेसको ६ अंक छ।



from Nagarik News - Home
Previous Post Next Post