एनसेल आजियाटा लिमिटेडले साप्ताहिक पेएजयुगो योजना ल्याएको छ। जस अन्तर्गत ग्राहकले करबाहेक ४० पैसा प्रतिएमबीसम्ममा डेटा सेवा प्रयोग गर्न सकिनेछ।

मेन ब्यालेन्सबाटै विद्यमान प्रतिएमबी करबाहेक दुई रूपैयाँमा डेटा सेवा प्रयोग गर्ने र सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकलाई ध्यानमा राखी सुलभ दरमा सेवा प्रदान गर्न यो योजाना ल्याइएको कम्पनीले जनाएको छ। योजना अनुसार आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च ग¥यो त्यसै अनुरूप डेटाको शुल्क अझ सुलभ हुँदै जाने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।



from Nagarik News - Home
Previous Post Next Post