क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले नवरात्रीको शुभकामना दिएका छन्। प्रधानमन्त्री टुडोले एक विज्ञप्ति प्रकाशित गर्दै क्यानडामा रहेका र विश्वभरका हिन्दु समुदायलाई नवरात्रीको शुभकामना दिएका हुन्।

उनले यो पर्व असत्यका विरुद्ध सत्यको विजयको प्रतिक भएको बताएका छन्। हरेक वर्ष दसैं उल्लासमय तरिकाबाट मनाउँदै आए पनि कोरोनाका कारण स्वास्थ्य मापदण्ड पछ्याउन उनले आग्रह गरेका छन्। उनले क्यानडामा रहेका हिन्दु समुदायलाई यो पर्व घरमै वा भर्चुअलरुपमा मनाउन आग्रह गरेका छन्।



from Nagarik News - Home
Previous Post Next Post