विवेकशील नेपाली दलले बागमती प्रदेश सरकारले प्रदेश सभाका सांसद तथा सरकारका मन्त्रीलाई बाँडेको दसैंभत्ता फिर्ता गर्न आग्रह गरेको छ। कोभिड–१९ महामारीको समयमा जनतालाई खानलाउनै समस्या परिरहेको अवस्थामा आफूहरू दसैंभत्ता नलिने भन्दै विवेकशीलका सांसदहरूले अन्य मन्त्री तथा सांसदलाई पनि सो भत्ता फिर्ता गर्न आग्रह गरेका हुन्।

कोभिड–१९ को विश्वव्यापी महामारी बढिरहेको सन्दर्भमा विवेकशील नेपालीले अनावश्यक खर्च कटौती गर्न यसअघि पनि सरकारलाई सुझाव दिँदै आएको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘बागमती प्रदेश सभामा हाम्रा सांसदले महामारी अवधिभर सांसद, मन्त्री तथा सल्लाहकारको तलब सुविधामा कम्तीमा २५ प्रतिशत कटौती गर्न र सांसदलाई निर्वाचन क्षेत्रमा विकास गर्न भनी छुट्याइने कोष कम्तीमा २ वर्षलाई भए पनि स्थगन गर्न पटकपटक आवाज उठाएको स्मरण गराउन चाहन्छौं।’ सो दलले प्रदेश सरकारले त्यसको सुनुवाइ नगरी फजुल खर्च बढाइरहेको जनाएको छ।



from Nagarik News - Home
Previous Post Next Post