एनआइसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई भिजी अटोमोबाइल्स प्रालिबाट सुजुकी ब्रान्डका दुईपांग्रे सवारी खरिद गर्दा १२ हजार नगद छुट र तीन हजार नगद फिर्ता गरी १५ हजार छुट दिने समझदारी भएको छ।

यस सम्बन्धमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र भिजी अटोमोबाइल्सको तर्फबाट उप–महाप्रबन्धक धिरज भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ।

उक्त बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले भिजी अटोमोबाइल्सका सोरुमबाट सुजुकी ब्रान्डका दुईपांग्रे सवारी खरिद गरे १५ रूपैयाँ छुट पाउने समझदारीपत्रमा उल्लेख छ। यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुने बताइएको छ।



from Nagarik News - Home
Previous Post Next Post