माछापुच्छ्रे बैंक लिमिटेडले भारतस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत अतिरिक्त शुल्कबिनै नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ।

चाडपर्वको समयलाई लक्ष्य गरी सोमबारदेखि दुई महिनासम्म ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरी भारतका जुनसुकै स्थानबाट सजिलै अतिरिक्त शुल्कबिना पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ।

यसरी पठाएको पैसा नेपालमा रहेका बैंकका एक सय ६० शाखा, एक सय ३३ शाखारहित बैंकिङ सेवा, देशभर रहेका १० हजार भन्दा बढी रेमिटेन्स एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।



from Nagarik News - Home
Previous Post Next Post