(एएफपी)– लात्भियाकी इलिना अस्टापेन्कोले पहिलो ग्रान्ड स्लाम सन् २०१७ मा फ्रेन्च ओपनको उपाधि जित्नुले नाओमी ओसाकालाई तीन ग्रान्ड स्लाम उचाल्न प्रेरित गरेको हुन सक्ने स्वीकार गरेकी छन्।

इलिनाले पनि तीन वर्षअगाडि २० वर्षको उमेरमा करियरको पहिलो ग्रान्ड स्लाम फ्रेन्च ओपन जित्न समान्था स्टोजर र क्यारोलिन वज्नियस्कीजस्ता खेलाडीबाट प्रेरणा मिलेको बताएकी छन्। बिहीबार दोस्रो चरणमा विश्व नम्बर दुई क्यारोलिना प्लिसकोभालाई ६–४ र ६–२ ले हराएपछि इलिनाले पुराना खेलाडीबाट युवालाई प्रेरणा मिल्ने गरेको स्वीकार गरेकी हुन्। उनले सन् २०१७ को फ्रेन्च ओपन फाइनलमा पहिलो सेट गुमाए पनि सिमोना हालेपलाई स्तब्ध बनाउँदै करियरको पहिलो ग्रान्ड स्लाम उचालेकी थिइन्। उनी सिंगल्सतर्पm ग्रान्ड स्लाम उचाल्ने पहिलो लात्भियन खेलाडीसमेत हुन्। त्यसको एक वर्षपछि जापानकी ओसाकाले २२ वर्षको उमेरमै ग्रान्ड स्लाम उचालिन्।

सन् २०१८ मा युएस ओपनका रूपमा पहिलो ग्रान्ड स्लाम जितेकी ओसाकाले हाल विश्व टेनिसमा प्रमुख प्रतिद्वन्द्वीका रूपमा स्थापित भइरहेकी छन्। ओसाकाले सन् २०१९ को अस्ट्रेलियन ओपन र सन् २०२० को युएस ओपन उचाल्दै करियरमा तीन ग्रान्ड स्लाम बनाइसकेकी छन्। क्यानाडाकी बियान्सा एन्ड्रिस्क्युले सन् २०१९ मा युएस ओपनको उपाधि जित्दै १९ वर्षकै उमेरमा ग्रान्ड स्लाम उचालेकी थिइन्। अमेरिकाकी सोफिया केनिनले पनि यसै वर्ष अस्ट्रेलियन ओपनको उपाधि जित्दै २१ वर्षको उमेरमा ग्रान्ड स्लाम उचालेकी थिइन्। पछिल्ला समय महिलातर्पm युवा खेलाडीले उपाधि जित्दै पुराना खेलाडीमाथि लगातार दबाब सिर्जना गरेका छन्।

‘पछिल्ला समय महिलामा धेरै कठिन प्रतिस्पर्धा हुन थालेका छन्। म आपैmँले पनि धेरै दबाब बेहोरिरहेको छु,’ इलिनाले भनिन्,‘नाओमी वास्तवमै राम्री खेलाडी हुन्। तर उनलाई सन् २०१७ मा केही प्रेरणा मिलेको र अहिले ती सबै सम्भव भएको हुन सक्छ। मैले पनि धेरै खेलाडीबाट प्रेरणा लिएको छु र ग्रान्ड स्लाम थप्ने सपना छ। सायद, यसैबाट पछिल्ला समय विश्व टेनिसमा युवा खेलाडी हाबी हुँदै गइरहेका प्रस्ट छ।’ इलिनाले अर्को चरणमा स्लोएनी स्टेफन्स या पाउला बाडोसासँग चुनौती प्रस्तुत गर्नेछिन्। यता चेक रिपब्लिककी २८ वर्षे खेलाडी प्लिसकोभाले फ्रान्सको राजधानीलाई पनि यादगार बनाउन सकिनन्।



from Nagarik News - Home
Previous Post Next Post