जुम्लाका अति दुर्गम क्षेत्रमा स्थापना भएका विद्यालयमा कोरोना विरुद्ध उच्च सतर्कता अपनाइने गरेको पाइएको छ। सुगमका विद्यालय भन्दा दुर्गमका विद्यालयमा स्वास्थ्य तथा सुरक्षा मापदण्डको पुर्ण पालना गरेको देखिएको हो। सदरमुकाम आसपास र कर्णाली करिडोर क्षेत्रका विद्यालय भन्दा भौगोलिक रुपमा निकै विकट क्षेत्रमा खोलिएका विद्यालयमा उच्च सावधानी अपनाइएको हो।
यो समयमा हरेक उच्च माबिमा कक्षा १२ को परिक्षा सञ्चालन भइरहेको छ। परिक्षामा सहभागि विद्यार्थीले सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षाको मापदण्डको पुर्ण पालना गरिएको देउराली माबि जुम्लाकोटका प्रधानाध्यापक रामभजन यादवले जानकारी दिए। उनका अनुसार विद्यार्थीलाई प्रत्येक दुई मिटरको फराकिलोमा राखिएको छ। विद्यालयमा प्रवेश गर्ने वित्तिकै थर्मल गनले तापक्रम जाँच गरिन्छ। नजिकैको स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले साथ दिएका छन्।
हाम्रो विद्यालयमा ६५ जना विद्यार्थीले परिक्षा दिइरहेका छन्। सबै विद्यार्थीलाई निकै हासियारी पुर्वक राखेका छौँ। परिक्षा केन्द्र स्वास्थ्यकर्मीको निगरानीमा छ। प्रधानाध्यापक यादव भन्छन्,‘विद्यालयका कारण कोरोना संक्रमण नहोस भन्नका लागि सचेत छौँ। ’ यो विद्यालय कर्णाली करिडोर भन्दा झण्डै दुई घण्टा पैदल हिडेर पुगिने विद्यालय हो।
विद्यालयमा प्रवेश गरिसकेपछि अनिवार्य सर्जरी मास्कको प्रयोग भइरहेको छ। विद्यालयमा आउने विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण हुन नदिनको लागि सावधानी अपनाउनको लागि निर्देशन गरिएको छ। प्रधानाध्यापक यादवले भने,‘सिंगो मुलुक कोरोना भाइरसदेखि आजित भइरहेको बेला सबैले उच्च सतर्कता अपनाउन जरुरी छ। विद्यार्थी, अभिभावक,शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई मापदण्डको पालना गर्न आग्रह गरिएको छ। ’
प्रत्येक दिन लगाउने सर्जरी मास्क वडा कार्यालयले व्यवस्थापन गर्ने गरेको छ। सेनिटाइजर नजिकैको स्वास्थ्य संस्थाले दिइएको छ। दुर्गमका विद्यालयमा यति धेरै सावधानी अपनाउनु निकै प्रसंसनीय कार्य रहेको स्थानीय बताउँछन्। हुन त कोरोना भाइरसले जुम्लामा अहिले सम्म मानवीय क्षति हुन सकेको छैन्,‘स्थानीय गोरबहादुर बस्नेतले भने,‘तर उच्च सावधानी आवश्यक छ। त्यो सावधानी विद्यालयले पुर्ण रुपमा अपनाएको छ। यो राम्रो कार्य हो। रोग लाग्नु भन्दा रोग लाग्न नदिने उपाय अपनाउनु निकै बुद्धिमानी पक्ष हो। ’
विद्यालयले गरेको कार्यप्रति सरोकारवाला पक्ष पनि निकै उत्साहित छन्। तिल गाउँपालिकाबाट परिक्षा अनुगमनका लागि निस्केको उपाध्यक्ष विष्णु बुढा नेतृत्वको टोलीले परिक्षालाई मर्यादित, अनुशासित बनाउनुका साथै स्वास्थ्य र सुरक्षाको मापदण्डको कार्यन्वयनले खुसि तुल्याएको बताए। उनले भनिन्,‘कोरोनाको संकटपुर्ण घडिमा खोलिएको विद्यालयमा उच्च सतर्कता अपनाएको देख्दा निकै उत्साहित छौँ। ’
जुम्लाका सबै दुर्गम क्षेत्रमा रहेका विद्यालयमा कोरोना रोगको संक्रमण हुन नदिनको लागि उच्च सतर्कता अपनाएको हो। पटक पटक जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना घडिमा विद्यालय नखोल्न आग्रह गरेको थियो। तर स्थानीय तहले आफ्नो जिद्धीले विद्यालय खोले। विद्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरि सुखै छैन्। प्रधानाध्यापक यादवले कक्षा ११ को परिक्षा पनि निकै सावधानीका साथ सकाएको बताए।
जिल्लाको तातोपानी गाउँपालिका बाहेक सबै स्थानीय तहमा अहिले विद्यालय सञ्चालनमा आइसकेका छन्। केही विद्यालयमा कोरोना भाइरसको जीवाणु कमजोर भइसकेको भन्दै लापारवाही गर्ने गरिएको छ। तर दुर्गम क्षेत्रका सबै जसो विद्यालयमा उच्च सावधानी अपनाइएको छ। विद्यालय सञ्चालन अवधिभर बाहिरको मानिसले विद्यालय भित्र प्रवेश गर्न पाउँदैनन्।
दुगर्मका विद्यालयमा अनुगमनमा आउने टोली, परिक्षाका निरिक्षक सबैले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्नु परिरहेको छ। स्थानीयले विद्यालय ढिलो खोलेर विद्यार्थीलाई मर्कामा पारेको गुनासो गरेका छन्। उनीहरुले काठमाण्डौँ, भारत, खाडीमुलुक र कोरोना संक्रमित क्षेत्रबाट गाउँमा प्रत्यक दिन आवतजावत भइरहन्छ, तर विद्यार्थीलाई स्कुल जान नदिएर पढाई प्रभावित बनिरहेको भन्दै दुख व्यक्त गरिरहेका छन्।
जुम्लामा एक नगरपालिका सहित ७ गाउँपालिका छन्। स्थानीय प्रशासनले विद्यालय नखोल्नको लागि आग्रह गरिएको छ। स्थानीय तहले आफ्नो अनुकुल विद्यालय खोलिरहेका छन्। वडाध्यक्ष सन्तबीर रावत स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर विद्यालय खोल्दा फरक नपर्ने बताउँछन्। विद्यालयमा शिक्षक, विद्यार्थी लाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षाका सामार्गी उपलब्ध गराईने उनले बताए।
जुम्लाका विद्यालय खुलेको एक महिना वितेको छ। यहाँको शैक्षिक सत्र फागुन महिनाबाट शुरु भएर पुस महिनाको पहिलो साता अन्त्य हुन्छ। तर यो शैक्षिक सत्रमा भरी विद्यार्थी एक महिना मात्र स्कुल आउन पाएका छन्। पठनपाठन निकै अन्यौल छ। हिउँद महिना निकै चिसो हुने भएकोले विद्यालय खुल्दैनन्। न परिक्षा दिने जस्तो पठनपाठन छ , नत पठपाठन नै नियमित बनेको छ। विद्यार्थी अन्यौलमा छन। कोरोनाका कारण जुम्लाका हजारौँ विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ।
from Nagarik News - Home