गण्डकी प्रदेशमा सोमबार कोरोनाले एकैदिन ८ जनाको मृत्यु भएको छ। विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) का कारण पछिल्लो २४ घण्टामा पोखरामा ४ सहित गण्डकी प्रदेशमा ८ जनाको मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ८८ पुगेको छ।

निर्देशनालयले पछिल्लो क्रममा अध्यावधिक गरेको विवरण अनुसार कास्कीको पोखरा महानगरपालिकाका थप ४ जनाको मृत्यु भएको छ। कोभिड–१९ का कारण पोखरामा एक महिलासहित ४ जनाको मृत्यू भएको हो। पछिल्लो क्रममा मृत्यु हुनेमा पोखरा पोखरा–५ कि ५९ वर्षिया महिला, पोखरा–१३ का ५५ वर्षिय पुरुष, पोखरा–६ का ७२ वर्षिय पुरुष र पोखरा–३ का ५२ वर्षिय पुरुष पुरुषको मृत्यु भएको निर्देशनालयले जनाएको छ।

यस्तै कोरोन संक्रमणबाट ज्यान गुमाउनेमा बागलुङका दुई जना छन्। बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा–३ का ६१ वर्षिय पुरुष र सोही स्थानका ६६ वर्षिय संक्रमित पुरुषको सोमबार मृत्यू भएको छ।

यसैगरी, तनँहुको व्यास नगरपालिका–५ का ६६ वर्षिय पुरुष र नवलपुर वर्दघाट सुस्ता पूर्वको देवचुली ११ का ८० वर्षिय संक्रमित पुरुषको पनि मृत्यू भएको निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख छ।



from Nagarik News - Home
Previous Post Next Post