नेपाल पत्रकार महासंघ धादिङका संस्थापक तथा मोफसलमा कार्यरत पुराना पत्रकार सीताराम बर्माको निधन भएको छ। कोरोना भाइरसको संक्रमण देखिएपछि १९ दिन अघि किस्ट अस्पताल भर्ना भएका ७९ वर्षीय बर्माको शुक्रबार (आज) बिहान पौने छ बजे निधन भएको नेपाल प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले जानकारी दिए।

नेपाल प्रेस युनियन धादिङका संस्थापक अध्यक्षसमेत रहेका बर्मा जीवनको उत्तराद्र्धमा समेत राष्ट्रिय समाचार समिति मार्फत पत्रकारितामा क्रियाशिल थिए। बर्मा नेपाली पत्रकारितामा सम्मानको साथ लिइने नाम थियो।

श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याउने क्रममा कार्तिक १ गते जीवनसंगिनी गुमाएका बर्माको भने केहीदिन अघिको कोरोना परिक्षणमा नेगेटिव रिपोर्ट आएको थियो। सरकारी सेवाबाट निवृत बर्मा विभिन्न संघसंस्थामा पनि सक्रिय थिए। उनको निधनले नेपालको पत्रकारितामा अपुरणिय क्षती पुगेको नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनसहितका संघसंस्थाद्वारा जारी शोक विज्ञप्तिमा उल्लेख गरिएको छ। उनको आजै पशुपति कार्यघाटमा अन्त्यष्टी गरिने परिवारका सदस्यहरुले जानकारी दिएका छन्।



from Nagarik News - Home
Previous Post Next Post