बलिउड अभिनेत्री अनुष्का शर्मा र विराट कोहली अब छिट्टैनै आमा–बुवा बन्ने तयारीमा छन्। अनुष्का आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो बेबी बम्पसहितको तस्बिर सेयर गरिरहेकी छिन्। हालै उनले एक म्यागजिनसँग आफ्नो गर्भावस्था र आफ्नो बच्चाका लागि आफ्नो योजनाबारे कुराकानी गरेकी छिन् ।

अनुष्काले भनिन्, ‘यो महामारी भिन्न तरिकाले आशीर्वाद नै भयो हाम्रो लागि। विराट पूरा समय मसँग थिए र मैले यसलाई लुकाउन सफल भएँ।’ उनले थपिन्, ‘हामी डाक्टरलाई भेट्नका लागि मात्रै बाहिर निस्कने गर्दथ्यौं। सडकमा कोही पनि हुँदैनथे, कसैले हामीलाई रोक्ने, प्रश्न सोध्ने गर्दैनथे।’

उनले गर्भावस्थाको सुरुवाती समय स्मरण गर्दै भनिन्, ‘गर्भावस्थाको सुरुवाती दिनमा म 'बुलबुल'को प्रोमोशनको क्रममा एक जूम भेटघाटमा थिएँ। मलाई अचानक असहज महसुस भयो। त्यसपछि मैले तुरुन्त भिडियो कल काटिदिएँ र उक्त भेटघाटमा सरिक भएका भाइ कर्णेशलाई मेसेज गरेर जानकारी दिएँ।’

आफू स्टुडियोको सेटमा हुँदा अरुले यसबारे थाहा पाएको हुनसक्ने अनुष्काले अनुमान गरेकी छिन्। लकडाउनको क्रममा अनुष्का जेन्डर न्यूट्रल नर्सरी डिजाइन गर्न व्यस्त भएको बताइन्।

मेरो नर्सरीको थीम जनावरमा आधारित छ। ‘मलाई र विराट दुबैलाई जनावर मनपर्छ र हामी चाहन्छौं कि हाम्रो बच्चामा पनि त्यहि समिप्यता होस्। उनीहरु हाम्रो जीवनको एउटा ठूलो हिस्सा हुन् र हामीलाई विश्वास छ यसरी हामी बच्चालाई दया र साथ सिकाउन सक्छौं।'



from Nagarik News - Home
Previous Post Next Post