नेपालमा फ्रान्सेली गाडी ब्रान्ड प्युजोको अधिकृत बिक्रेताका रूपमा बजार व्यवस्थापन गरिरहेको सांग्रिला मोटर्स प्राइभेट लिमिटेडलाई ग्रुप पिएसए फ्रान्सले आफ्नो सिट्रोन ब्रान्ड सवारी साधनको अधिकृत बिक्रेता नियुक्त गरेको छ।

सिट्रोन फ्रान्सेली अटोमोबाइल निर्माता कम्पनी हो, जुन सन् १९१९ मा फ्रान्सेली उद्योगपति आन्दे्र–गुस्तोभ सिट्रोनले स्थापना गरेका थिए। सन् १९७६ देखि सिट्रोन ग्रुप पिएसएको अभिन्न अंगको रूपमा रहेको छ। सिट्रोन ब्रान्ड अन्तर्गत विभिन्न प्रकारका सवारी साधन छन्। तीमध्ये कम्प्याक्ट ह्याचब्याक, एमयुभी, मिनी–भ्यान र एसयुभी बहुचर्चित रहेको कम्पनीले जनाएको छ।

यी मध्ये सांग्रिला मोटर्सले सन् २०२१ मा सिट्रोन एसयुभी बजारमा ल्याउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।



from Nagarik News - Home
Previous Post Next Post