ठाकठुक पर्नु प्रेमको एक रुप पनि हो। जोडीबीच हुने ठाकठुकले प्रेम पनि बढाउँछ। तर केही विषयमा गम्भीर नबन्दा ठाकठुकले गम्भीर रुप लिएर बिछोडसम्म पुर्याउन पनि सक्छ।

चिच्याउनु हुन्न
जोडीबीच सामान्य होस् या गम्भीर विषयमा विवाद हुँदा एकआपसमा ठूलो स्वरले कराउने, चिच्याउने गर्नुहुन्न। रिसलाई नियन्त्रण गर्नुपर्छ। रिसले व्यक्तिलाई नियन्त्रण ग¥यो भने सामान्य विषयको भनाभनले गम्भीर रुप लिन सक्छ। ठाकठुकलाई गम्भीर मोडमा जानबाट रोक्ने उपाय शान्त बस्नु नै हो।

पुराना कुरा नकोट्याउने
झगडाको समयमा व्यक्तिले संयम गुमाउँदै जोडीको पुराना कमजोरी कोट्याउने, तिमीले पनि के गरेका थियौं थाहा छ जस्ता शब्दको प्रयोग गर्ने, आफन्त र जोडीको साथीसँगको सम्बन्धबारे नकारात्मक कुरा भन्ने गर्नुहुन्न। त्यसले सामान्य झगडाको विषयलाई विषयान्तर गर्दै सम्बन्धलाई गम्भीर मोडतिर लैजानसक्छ।

लामो समय मौन नबस्ने
झगडा परेपछि जोडीबीच केही समयसम्म बोलचालै नहुने हुनसक्छ। बोलचाल बन्द भएको अवधि बढ्दै जाँदा सम्बन्धमा तीतोपना पनि बढ्दै जानसक्छ। त्यसैले सकेसम्म रिसाउने अवधि छोट्याउँदै दुवैबीच सहज संवादको वातावरण बनाउनु राम्रो हुन्छ।



from Nagarik News - Home
Previous Post Next Post