
पूर्व क्रिकेटर, राजनीतिज्ञ तथा भारतीय 'कपिल शर्मा शो'बाट विश्वभर चिनिएका नवजोत सिंह सिद्धूको प्रेम कहानी कुनै फिल्म कहानी भन्दा कम छैन। नवजोत सिंह सिद्धूले नवजोत कौरलाई धेरै प्रभावित गर्नकै लागि धेरै संघर्ष गरेका थिए। सिद्धूले नवजोतलाई संधै फिल्मी शैलीमा पछ्याइ रहन्थे।
नवजोतलाई फकाउन धेरै महिना लाग्यो
नवजोतलाई उनको प्रेम बताउन सिद्धूलाई धेरै महिना लाग्यो। जब सिद्धू नवजोतलाई बताउन उनको पिछा गरिरहेका हुन्थे तब उनी एमबीबीएस पढ्दै थिइन्। सिद्धू हरेक दिन नवजोतको घरको बाहिर उभिन्थे र कलेजबाट फर्किने बाटो खोज्थे। गर्मीमा पनि उनी घाममा घण्टैसम्म कुरिरहन्थे। एक पटक कपिल शर्माको कार्यक्रममा नवजोतले भनेकी थिईन्, 'एक दिन मैले याद गरें यो मानिस दिउँसो प्रत्येक दिन उही ठाउँमा उभिरहेको हुन्थ्यो। जब म दिउँसो कलेजबाट फर्कंदा यो मानिस निरन्तर घर भित्र हेर्दै गरेको देख्थे तब मैले सोचे केहि गडबड त छैन।'
एक पटक सिद्धूले बताएका थिए कि जहाँबाट नवजोत दैनिक जान्थिन्, त्यहाँ एयटा ससल थियो। सिद्धू त्यहाँ हरेक दिन मासु खाँदै उनलाई पर्खिरहेका हुन्थे। एक दिन सिद्धूले हिम्मत गरेर नवजोतलाई प्रेम प्रस्ताव राखे तर नवजोतले उनको कुरामा चासो दिईनन्। एक अन्तर्वार्तामा सिद्धूले भनेका छन्, 'एकदिन नवजोत र उनकी साथीसंग उनी पसलबाट बाहिर आउने बित्तिकै उनको पछि लागेका थिए। यो लामो समयदेखि चलिरहेको थियो। एक दिन नवजोत कौरले सिद्धूको प्रस्तावलाई स्विकार गरिन्।'
सिद्धूले नवजोतलाई बिहे गर्न राजी गराए। सिद्धूले भनेका थिए कि पहिले उनीहरुका कुंडली पंडितलाई देखाउने छन्, र उनीहरु पंडितको सल्लाहपछि मात्र बिहे गर्नेछन्। पण्डितले दुबैलाई विवाहको दिन मिलाए र दुबैको बिहे भयो। तर सिद्धूले आफ्नो विवाह लुकाए। उनीहरूको विवाहबारे समाचारमा नआँउदासम्म सबै जना उनीहरूको विवाहको बारेमा अनजान थिए। दुबैको विवाह सिख परम्परा र रीतितीथि अनुसार भएको थियो। सिद्धू र नवजोतका दुई सन्तानहरू छन्। छोरा करण र छोरी रबिया।
from Nagarik News - Home