राष्ट्रिय आविष्कार केन्द्रले प्रदेश सरकारलाई प्रदान गरेको स्वाब संकलन गाडी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयलाई हस्तान्तरण गरिएको छ। राष्ट्रिय आविष्कार केन्द्र आफैंले फिटिङ गरेर प्रदेश सरकारलाई प्रदान गरेको स्वाब संकलन गाडी मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबार प्रदेश स्वास्थ्य निर्देशनालयलाई हस्तान्तरण गरेका हुन्।
प्रदेश स्वास्थ्य निर्देशनालयले गाडी प्राप्त गरेसँगै अब स्वाब संकलनमा सहजता आउने विश्वास गरिएको छ। सो गाडीमार्फत अबदेखि प्रत्येक वडा र गाउँघरसम्मै पुगेर स्वाब संकलन गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए। यसअघि स्वाब संकलन गाडी नहुँदा अस्पताल र क्लिनिक पुग्नुपर्ने बाध्यता थियो। तर स्वाब संकलन गाडी आएसँगै सो बाध्यता हट्ने विश्वास गरिएको छ।
from Nagarik News - Home