स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताएको छ । योसँगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।

संक्रमितमध्ये थप २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसका कारण मृत्य हुनेको संख्या १ हजार ५ सय २९ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ रहेको छ ।

यस अवधिमा २ लाख १६ हजार ५ सय ९४ जना संक्रमित निको भएका छन् । अहिलेसम्म १७ लाख ४६ हजार ३ सय ३० जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



from Nagarik News - Home
Previous Post Next Post