घोडाघोडी यातायात प्रालिले काठमाडौँदेखि रुकुमपूर्व बससेवा सञ्चालन गर्ने भएको छ। घोडाघोडी यातायात प्रालि र रुकुम पूर्व-पश्चिम यातायात प्रालिको बुधबार बसेको संयुक्त बैठकले काठमाडौँदेखि रुकुम पूर्वसम्म बससेवा सञ्चालन गर्ने निर्णय गरेको हो।

मुस्ताङको जोमसोम, मुक्तिनाथ, म्याग्दीको दर्वाङ, बागलुङमा बससेवा सञ्चालन गरेको घोडाघोडी यातायात प्रालिले पहिलोपटक मध्यपहाडी राजमार्ग हुँदै रुकुमपूर्व बससेवा सञ्चालन गर्न लागेको हो। घोडाघोडी यातायात प्रालिका अध्यक्ष सुनिल कुँवरले यात्रुको चाहनालाई ध्यानमा राखेर काठमाडौँदेखि पोखरा, बागलुङ हुँदै रुकुमपूर्व बस सञ्चालन गर्न लागेको जानकारी दिए। बस काठमाडौँको नयाँ बसपार्कबाट छुट्ने छन्।

घोडाघोडी यातायात प्रालिमा हाल ३० बस सञ्चालनमा रहेका छन्। उक्त प्रालिका बस पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्दछन्। रासस



from Nagarik News - Home
Previous Post Next Post